विवाहको तयारीमा रहेका प्रियंका र आयुष्मानले किने नयाँ घर

  • 66
    Shares
0

काठमाडौं, १ फागुन। नायिका प्रियंका कार्की विहेको तयारीमा जुटेकी छिन्। यही फागुन १७ गते विवाहको तयारीमा रहेकी उनले सोही कारणले फिल्मबाट केही समयका विश्राम लिएकी हुन्।

उनले विवाह अगाडिसम्म कुनै पनि प्रोजेक्टमा आवद्ध नहुने बताएकी छिन्। उनको विवाह मिति फागुन १५ गते नै पनि हुनसक्ने नायिका कार्कीका नजिकका आफन्तले सार्वजनिक गरेका छन्। तर, प्रियंकाले भने विवाहको आधिकारिक मिति १५ वा १७ केही खुलाएकी छैनन्। ‘भ्यालेनटाइन डे’मा उक्त मिति पनि सार्वजनिक गर्ने उनको योजना रहेको बुझिएको छ।

गत महिना आफ्ना केही नजिकका साथीहरुसँग थाइल्याण्डमा ब्याचलर पार्टी मनाएकी प्रियंका अहिले भने विवाहको तयारीमा पूरै जुटेकी छिन्। जसको कारण उनी सार्वजनिक कार्यक्रममा पुग्दिनन्। पुगिन् भने पनि ढिलो जाने र छिटो हिँड्ने गर्दछिन्।

बुधवार फिल्म ‘लक्का जवान’को ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक कार्यक्रममा पनि उनी करिव अत्यतिर देखिएकी थिइन्। उनले आफूलाई विवाहको तयारीले भ्याइनभ्याइ भएका कारण आउन ढिलो भएको मिडियालाई स्पष्ट पारिन्।

सोही अवसरमा उनले हालै आयुष्मानसँग मिलेर नयाँ घर किनेको समेत जानकारी दिइन्। ‘म र आयुष्मानले मिलेर काठमाडौंमा घर किनेका छौं। घर सेटअपमा अहिले व्यस्त छु’ प्रियंकाले भनिन् ‘घर सेटअप के हो भन्ने मैले बल्ल थाहा पाएँ। त्यसैले अहिले मामुहरु मसँगै हर बखत हुनुहुन्छ।’

विवाह पछि प्रियंका आयुष्मानका साथ नयाँ घरमा सेटअप हुनेछिन्। घर कुन स्थानमा र कस्तो किनेको बारे उनले बताइनन्। कार्यक्रममा प्रियंकाले विवाहका लागि पूरै समय दिन नयाँ फिल्मका अफरहरु समेत आफूले रिजेक्ट गर्ने गरेको गरेको जानकारी दिइन्।

Comments
Loading...
You might also like