यस्तो थियो माओवादीले गरेको वर्ग विश्लेषण (पूर्णपाठ)

  • 597
    Shares
0

नेपाली सशस्त्र सङ्घर्षको स्वरूप, निशाना र प्रेरक शक्ति

मालेमाको सैद्धान्तिक निर्देशन र नेपाली समाजको सामान्य विशेषताका आधारमा हाम्रो पार्टीले ‘सर्वहारा वर्गको नेतृत्व, मजदुर–किसान एकताको आधारमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध परिलक्षित जनवादी अधिनायकत्व सहितको नयाँ जनवादी क्रान्ति’ सम्पन्न गर्ने राजनीतिक रणनीति निर्धारण गरेको छ। विश्व सर्वहारा समाजवादी क्रान्तिको दिशामा अघि बढ्नु तथा सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा सांस्कृतिक क्रान्ति चलाउ“दै साम्यवाद हासिल गर्नु पार्टीको भावी उद्देश्य हो। नेपाली सशस्त्र सङ्घर्षको स्वरूप र दिशा ठीक त्यही राजनीतिक उद्देश्यद्वारा निर्देशित एवं आवद्ध रहने कुरा स्पष्ट छ। त्यसअनुसार नेपाली सशस्त्र सङ्घर्षको स्वरूप र दिशाबारे पार्टीको एकता महाधिवेशनले ‘गाउँबाट सहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धको कार्यदिशा’ मूल लक्ष्य हुने कुरा स्पष्ट गरेको छ।

सशस्त्र सङ्घर्षको निशाना

सामन्तवाद र नेपाली जनता, साम्राज्यवाद मुख्यतः भारतीय विस्तारवाद र नेपाली जनता, दलाल एवं नोकरशाही पूँजीवाद र नेपाली जनतका बीचको आधारभूत अन्तरविरोध र तात्कालिक रूपले भारतीय विस्तारवाद संरक्षित सामन्त, नोकरशाह र दलाल पू“जीपति वर्ग मिलेर बनेको घरेलु प्रतिक्रियावादसँगको नेपाली जनताको अन्तरविरोधलाई हल गर्नु नै सशस्त्र सङ्घर्षको काम हो। यसरी के कुरा स्पष्ट हुन्छ भने सङ्घर्षको नीति भनेको ‘जमिन जोत्नेको’ नाराका आधारमा सामन्त, जमिन्दारको जमिन कब्जा गरी भूमिहीन र गरीब किसानमा बितरण गर्न उनीहरूमथि आक्रमण गर्नु, साम्राज्यवादी शोषणको जरा काट्न दलाल एवं नोकरशाही पूँजीपतिहरूको हातमा रहेको उद्योगधन्दा, बैंकलगायत सरकारी एवं गैरसरकारी संस्थामार्फत् सञ्चालित आयोजनाहरूको राष्ट्रियकरण गर्न तिनीहरूमाथि आक्रमण गर्नु नै हो। यसरी सामन्त, जमिन्दार, नोकरशाह र दलाल पू“जीपतिहरू नै सशस्त्र सङ्घर्षका निशाना हुन् भन्ने कुरा स्पष्ट छ।

प्रेरक शक्ति

(क) सर्वहारा वर्ग : यो नयाँ जनवादी क्रान्तिको आधारभूत प्रेरक शक्ति हो। नेपालमा आधुनिक उद्योगधन्दा, कलकारखानामा काम गर्ने सर्वहारा मजदुरको संख्या कम नै भए पनि त्यो बढिरहेको छ। सङ्ख्यामा कम हुँदाहुँदै पनि आधुनिक उत्पादक शक्तिको परिचालन एवं उत्पादनको साधनबाट पूर्णतः बञ्चित यही वर्ग नै समाजको सबैभन्दा क्रान्तिकारी वर्ग हो। नयाँ जनवादी क्रान्तिको सफलताका लागि अन्य मित्र वर्गहरूको खोजी गरी तिनीहरूलाई नेतृत्व प्रदान गर्ने ऐतिहासिक जिम्मेवारी यही वर्गको नै रहेको छ।

(ख) खेत मजदुर : यो गोठाला, हरूवा–चरुवा, सुकुम्बासी, भरिया एवं गरीब किसान तथा हाम्रो अवस्थामा शहर बजारका ठेला–गाढा मजदुर, रिक्सा–टेम्पो चालकलगायत यातायात मजदुर, होटल मजदुर आदि नै नेपाली नयाँ जनवादी क्रान्तिको सबैभन्दा भरपर्दो, जनसङ्ख्याको ठूलो हिस्सा र प्रमूख प्रेरक शक्ति हो। यहाँ गरीब किसान भन्नाले सामान्यतः त्यस्ता किसानहरू बुझ्नुपर्दछ, जसको आफ्नो खेतीबाट मात्र जीविका असम्भव छ।

(ग) मध्यम किसान वर्ग : यो जसले वर्षभरि मिहिनेत गरेर आफ्नो खेतबाट मुस्किलले जीविका चलाइरहेका हुन्छन् र केही जमिन अधिँया, ठेक्कामा पनि लिने गर्दछन्। यस्ता किसानहरूको सङ्ख्या नेपालका पहाडी इलाकाहरूमा अरू वर्गभन्दा बढी नै पाइन्छ। नयाँ जनवादी क्रान्तिका लागि यो वर्ग महत्वपूर्ण प्रेरक शक्ति हो।

(घ) धनी किसान वर्ग : जसको खेतीबाट राम्रैसँग जीविका चल्दछ, आफूसमेत श्रम गरे तापनि एकाध मजदुर पनि काममा लगाउने गर्दछन् र आफ्नो आम्दानीको केही भाग शोषणबाट पनि प्राप्त गर्दछन्। यो वर्ग नयाँ जनवादी क्रान्तिको ढुलमुल मित्र शक्ति हो ।

(ङ) निम्न पू“जीपति वर्ग : यसमा विद्यालय, क्याम्पसका शिक्षक, विद्यार्थी, डाक्टर, इञ्जिनियर, वकिल, साना कर्मचारी, शहर बजारका सानातिना व्यापारी, खुद्रा पसले, दस्तकार आदि पर्दछन्। आफ्नो उत्पादनको तरिका र अवस्थाले नै यो वर्ग ढुलमुल रहन्छ। त्यसका बाबजुद नयाँ जनवादी क्रान्तिमा यसको महत्वपूर्ण सहयोगी भूमिका रहने गर्दछ। आज साम्राज्यवाद र प्रतिक्रियावादले यही वर्गका बुद्धिजीवीहरूलाई क्रान्तिको कामबाट विमूख राख्न निकै ध्यान दिइरहेको छ।

(च) राष्ट्रिय पूँजीपति वर्ग : नेपालमा वर्गका रूपमा यसको स्वतन्त्र भूमिका देखा परिनसकेको भए पनि यसले क्रमशः आकार ग्रहण गर्दैछ। सानातिना घरेलु एवं आधुनिक उद्योगधन्दा, व्यापारमा संलग्न यस प्रकारका पूँजीपतिहरू एकातिर मजदुरहरूको शोषणबाट सम्पत्ति थुपार्ने सपना र अर्कोतिर दलाल र नोकरशाही पूँजीपतिहरूको एकाधिकार र उत्पीडनबाट पिल्सिएका कारण स्वभावैले क्रान्तिका लागि समग्रमा अस्थिर वर्गभित्रै पर्दछन्।

नेपाली सशस्त्र सङ्घर्षले नयाँ जनवादी क्रान्तिका दुश्मन र प्रेरक शक्तिको उपर्युक्त सामान्य स्थिति र चरित्रमाथि ध्यान दिएर नै आफ्नो रणनीति र कार्यनीति निर्धारण गर्नुपर्ने आवश्यकता स्पष्ट छ।

नेकपा (माओवादी) को २–४ चैत्र, २०५१ मा बसेको तेस्रो विस्तारित बैठकमा पारित दस्तावेजको एक महत्वपूर्ण अंश।

Comments
Loading...
You might also like