बाजुरामा फैलिएको रुघाखोकी ‘इन्फुल्जा भाइरस’ रहेको पुष्टि

  • 22
    Shares
0

राजेन्द्र बिक
बाजुरा। बाजुराको हिमाली गाउँपालिकामा फैलिएको रुघाखोकी ‘इन्फुल्जा भाइरस’ रहेको पुष्टि भएको छ। चार जनाको ल्याब नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो।

ल्याब नमुना परीक्षणबाट इन्फुल्जा ए भाइरस पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए। चार जना मध्ये २ जनालाई इन्फुल्जा ए भाइरस देखा परेको र एक जनालाई इन्फुल्जा भाइरस पुष्टि भएको पन्तले बताए।

एक जनाको भने पोजेटिभ देखाएको छ। प्रदेश सरकारबाट प्रभावित क्षेत्रमा ल्याब टेक्निसियन पठाएर ल्याब नमुना परीक्षणका लागि काठमाडौँ पठाएको थियो। यो भाइरसले बिरामीको मृत्यु नभए पनि महामारी भने लिन सक्ने पन्तको भनाई छ।

हिमाली गाउँपालिकामा रुघाखोकी फैलिएको जानकारी आएपछि स्थानीय सरकार, प्रदेश सरकारबाट स्वास्थ्यकर्मीको टोली पठाएको थियो। स्वास्थ्यकर्मीले एक हप्तामा ११ सय ७० जनाको उपचार गरेको थियो। अहिले पूर्ण रूपमा भाइरल रुघाखोकी नियन्त्रणमा आइसकेको प्रमूख जिल्ला अधिकारी गङ्गा प्रसाद न्यौपानेले बताए।

Comments
Loading...
You might also like