कनकासुन्दरिमा देउडाद्वारा मनाईयो जनयुद्ध दिवस

  • 148
    Shares
0

उपेन्द्र न्यौपाने/ १ फागुन। सिञ्जाको कनकासुन्दरीमा देउडा कार्यक्रम गरेर जनयुद्ध दिवस मनाइएको छ। नेपाली भाषाको उद्गमथलो सिञ्जामा देउडाद्वारा जनयुद्ध दिवस भव्यताका साथ मनाइएको हो।

कार्यक्रममा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको थियो। वीर सहिदलाई सम्झदै सहिदले देखाएको बाटोमा रतिभर नझुकी इमान्दारीका साथ अघि बढ्ने कर्णाली प्रदेश सदस्य कनकासुन्दरी गाउँपालिका जुम्लाका इञ्चार्ज पूर्ण प्रसाद धितालले बताए। शहिदका अधुरा सपनाहरु पूरा गर्न सबै एकजुट भए र लाग्नु पर्ने बताए।

यसैबिच, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले २५ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ। अनेरास्ववियूले जुम्लाको बालमन्दिर मा जनयुद्धका सहिदहप्रति सम्झनामा दिप प्रज्वलन गरेको छ।

तत्कालीन नेकपा माओवादीले आजकै दिनबाट दीर्घकालीन जनयुद्ध घोषणा गरेको दिनको सम्झनामा आज देशभर २५ औँ जनयुद्ध दिवस मनाइएको हो। सोही सन्दर्भमा अनेरास्ववियूले देशभरका क्याम्पसहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको थियो।

Comments
Loading...
You might also like