“हिन्दु राजनीतिक विचारधारा” पुस्तक लोकार्पण

  • 37
    Shares
0

काठमाडौं । संस्कृत विश्वविद्यालय अन्र्तगतको वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा.लोकमणि पाण्डेद्वारा लिखित पुस्तक हिन्दु राजनीतिक विचारधाराको लोकार्पण भएको छ । विहिबार वाल्मीकि क्याम्पसको सभाहलमा एक कार्यक्रमको बीच उक्त पुस्तक लोकापर्ण भएको हो ।

पुस्तक लोकापर्ण कार्यक्रममा संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति माधवराज गौतमले संविधान भन्दा नैतिकता बलियो हुने भन्दै राजनीतिक विचारधाराको सुरुवात पश्चिमबाट नभई पूर्वबाट नै भएको दावी गरे । गौतमले हिन्दु राजनीतिक विचारधाराले नैतिक बलमा जोड दिने बताए ।

वाल्मीकि क्याम्पसका राजनीतिशास्त्र शिक्षण विभाग प्रमुख पुरुषोत्तम दाहालले आफ्नोपनको खोजीमा पूनः प्राचीन ज्ञानको अध्ययन हुन थाल्नु राम्रो पक्ष भएको बताए । दाहालले लामो समयदेखि प्राचीन हिन्दु राजनीतिशास्त्रलाई नेपाल संस्कृत विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्नु पर्ने माग गर्दै आएका छन् ।

वाल्मीकी क्याम्पसका उपप्रध्यापक जनकराज भट्टले मनुको राजधर्म र सिद्धान्त तथा कौटिल्यको सप्ताङ्गलाई यस पुस्तकले सरल भाषामा शुत्रवद्ध रुपमा समेटेको बताए । हजारौं वर्ष पुरानो वेदपछिको पुरानो शास्त्रको रुपमा मनुस्मृति रहेको भन्दै यसको अध्ययनले धर्म संस्कृति र राज्यको रक्षा गर्न महत्वपूर्ण योगदान दिने बताए ।

कार्यक्रममा वत्ताहरुले आजको आधुनिक राजनीतिलाई अराजकता र भ्रष्ट्राचार जस्ता कुकृत्यहरुबाट बचाउन हिन्दु राजनीतिक चिन्तनले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । नैतिकता र सदाचारितालाई विषेश महत्व दिने हिन्दु दर्शनको रानजीतिशास्त्रको अध्ययनले असल राजनीतिक संस्कारको विकास गर्न मदत पूर्याउने कुरामा जोड दिए ।

उक्त कार्यक्रममा लेखक पाण्डेले हिन्दु राजनीतिक विचारधाराको मुल उद्देश्य राजनीतिलाई नैतिकतासँग जोड्नु रहेको बताए । हिन्दु राजनीतिक चिन्तनको मर्म सदाचार र नैतिकता रहेको बताउदै पाण्डेले जनताले गरेको आलोचना राजाले सुन्नुपर्छ भन्ने मान्यता हिन्दु राजनीतिक शास्त्रको स्थापित मान्यता रहेको बताए ।

राजनीतिशास्त्र, धर्मशास्त्र र कानून क्षेत्रका समेत ज्ञाता रहेका पाण्डेले केही प्राचीन हिन्दु राज्यका विचारहरु वर्तमान विश्वको प्रजातन्त्रिक अभ्यासमा सान्दर्भिक देखिने पुस्तकमा बताएका छन् । राजालाई कानून कार्यान्वयन र न्याय सम्पादनको अधिकार दिएको भएपनि विधि निमार्ण गर्ने शक्ति राजालाई दिएको छैन । यसरी हेर्दा प्राचीन हिन्दु राजनीतिक चिन्तनको अंश आधुनिक शक्ति पृथकीकरण र विधिको शासनमा पाइन्छ ।

Comments
Loading...
You might also like