कोरोना भाइरसबाट भारतमा एकको ज्यान गयो

0

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण भारतमा पहिलोपटक एक जनाको ज्यान गएको छ । भारतको कर्नाटक राज्यमा कोरोना भाइरसको संक्रमणका कारण ७६ वर्षीय एक व्यक्तिको ज्यान गएको हो । कर्नाटक राज्यका स्वास्थ्य विभागले कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको जनाएको हो ।

बीबीसी हिन्दीका अनुसार उनी साउदी अरबबाट हालै भारत फर्किका थिए। कर्नाटक राज्यको स्वास्थ्य र परिवार कल्याण विभागले विगतमा उनीसँग सम्पर्कमा आएकाहरुलाई पनि खोज्ने काम भइरहेको जनाएको छ।

उनी उपचारका लागि तेलंगानाको एउटा निजी अस्पतालमा गएको र यसबारे तेलंगाना सरकारलाई सूचित गरिएको विभागले जनाएको छ। केन्द्रीय सरकारले जारी गरेको विज्ञप्ति अनुसार साउदी अरबबाट फर्केपछि उनलाई सास फेर्न समस्या हुनुका साथै खोकी र निमोनिया भएको थियो।

Comments
Loading...
You might also like