कोरोनाका कारण एक साता संसद् बैठक स्थगित

  • 57
    Shares
0

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाभाइरस संक्रमण रोक्नका लागि एकसाताका लागि संसद बैठक स्थगित गर्ने बताएका छन्। बिहीबार सभामुख अग्नि सापकोटाले संसद् बैठक एक साताका लागि स्थगित गर्ने बताएका हुन्।

सांसदहरूबाट आएकै सुझावका आधारमा संसद् बैठक स्थगित गर्ने निर्णय गरेको सभामुख सापकोटाले बताएका छन् । सरकारले भिडभाड हुने कुनै कार्यक्रम वा भोजमा सहभागी नहुन सर्वसाधारणलाई आग्रह गरिरहेका बेला कतिपय सांसदहरूले संसद्को बैठक पनि स्थगित गर्नुपर्ने माग गरेका थिए।

नेपालमा कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि आवश्यक कदम नचालिएको भन्दै प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले सरकारको चर्को आलोचना गरेका बीबीसीले जनाएको छ ।

Comments
Loading...
You might also like