रियल मड्रिडका खेलाडीलाई क्वारेन्टाइनमा राखिने

0

काठमाडौं । कोरोना भाइरसको प्रभाव विश्व खेलकुदमा समेत परेको छ । पछिल्लो समय स्पेनको ला लिगाको खेलसमेत कोरोना भाइरसका कारण प्रभावित हुन पुगेको छ । रियल म्याड्रिडका खेलाडीहरू क्वारेन्टराइनमा बस्ने भएसँगै ला लिगाका खेलहरू कम्तीमा दुई साता स्थगित हुने भएको छ ।

स्पानिस फुटबल फेडेरेसनसँगको छलफलपछि ला लिगाले दुई साताका लागि खेल स्थगित गरेको बताइएको छ । ला लिगा कलब रियल म्याड्रिड क्लबका बास्केटबल खेलाडीलाई कोरोना पोजेटिभ देखिएपछि सँगै प्रशिक्षण गर्ने भएकाले फुटबल खेलाडी पनि क्वारेन्टाइनमा जानुपरेको जनाइएको छ ।

रियल मड्रिड क्वल क्वारेन्टाइनमा गएसँगै अन्य खेलाडीमाका संक्रमण हुने आशंकामा ला लिगाको खेल स्थगित गरिएको हो । रियलका खेलाडी क्वारेन्टाइनमा बसेपछि च्याम्पियन्स लिगसमेत प्रभावित हुने बताइएको छ । क्लबले जारी गरेको विज्ञप्तिमा ‘बास्केटबल टिमका कोभिड १९ कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

बास्केटबल र फुटबलका सबै खेलाडीलाई क्वारेन्टाइनमा जान सिफारिस गरिएको विज्ञप्तिमा भनिएको छ । क्लबले ग्राउन्डका सम्पूर्ण सुविधासमेत बन्द गरिएको बताएको छ । रियल म्याड्रिडका कर्मचारीलाई समेत क्वारेन्टाइनमा जाने निर्देशन दिइएको क्लबले जनाएको छ । यस अघि इटालीको सिरी ए स्थगित भएको थियो ।

Comments
Loading...
You might also like