अस्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना भाइरस

  • 143
    Shares
0

काठमाडौं, ३० फागुन। अस्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना भाइरस संक्रमण भएको छ। गृहमन्त्री पिटर डट्टनलाई कोरोना भाइरस ९कोभिड १९० को संक्रमण भएको हो।

डट्टनले एक विज्ञप्तिमार्फत् आफूलाई (कोभिड-१९) को संक्रमण भएको पुष्टि गरेका हुन्। डट्टन गत मंगलबार सिड्नीमा आयोजना गरिएको मन्त्रिपरिषद् बैठकमा सहभागी भएर सोही दिन व्यावसायिक विमानबाट क्विन्स्ल्यान्ड फर्किएका थिए।

मन्त्री डट्टनले बिहान उठ्दा शरीर तातेको र घाँटी खराब भएको पाएपछि तत्काल क्विन्स्ल्याण्डको स्वास्थ्य विभागमा सम्पर्क गरेर कोभिड १९ परीक्षण गराएको र साँझ परीक्षण पोजिटिभ आएको जनाएका छन्। भाइरस परीक्षण पोजिटिभ आएकाहरुले अस्पताल बस्नुपर्ने क्विन्सल्याण्ड स्वास्थ्य विभागको नीति भएकाले आफूले त्यसैअनुसार गरेको पनि उनले जनाएका छन्।

डट्टन कोरोना भाइरसबाट संक्रमित हुने अस्ट्रेलियाका पहिलो राजनीतिज्ञ हुन्। अस्ट्रेलियामा अहिलेसम्म १५७ जना यस भाइरसबाट संक्रमित भएका छन् भने ३ जनाले ज्यान गुमाएका छन्।

Comments
Loading...
You might also like