राशिफल

सोमबारको राशिफल: कुन-कुन राशिका लागि शुभ छ ?

rasifal-5
  • 27
    Shares

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। चोटपटकको भयछ, सचेत रहनुहोला।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) नयाँ व्यक्ति संग भेटघाट हुनेछ। मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ। श्रमको उचित मुल्याङ्कन हुने र व्यापारमा धनलाभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा ) वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने वैदेशिक यात्रा तय गर्न सकिनेछ। आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) सामाजिक कार्यमा रुचि बढ्नेछ। अरुलाई प्रभावित पारेर काम बन्ने र कमको मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसरपनि मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) विभिन्न जिम्मेवारी पूरा गर्नुपर्नेछ। आलस्य उत्पन्न भै दैनिक कार्य ओझेलमा पर्न सक्छ। गरेका काममा ढिलासुस्तीपनि हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। विशिष्ठ व्यक्तिको साथ पाईनेछ। नयाँ काम सुरु गर्ने समय आएको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) रोकिएका काम पुनः सुरु हुन सक्छन्। आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ। अवसर आउनाले मन प्रसन्न रहनेछ।

वृश्चिक राशि ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। रचनात्मक काममा जुट्ने समय छ। सामाजिक काम अघी बढ्नेछ। प्रेम सम्बन्ध कसिलो होला।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) उन्नति एवं प्रगतिको वातावरण बन्नेछ। घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज विद्या र बुद्धिको विकास हुनेछ। प्रयत्न गरे फाइदा लिन सकिनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आज शुभकार्यको चर्चा चल्नेछ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ।

About the author

लाेकपाटी न्यूज

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्