राजनीतिक दल

चुँडिन लागेको नेकपाको एकताको डोरी जोडिएकै हो त ?

prchnda -n oli
  • 79
    Shares

काठमाडौं, २९ असार। नेपाल कम्युनिष्ट पार्टी नेकपामा चुलिएको संकट तत्काललाई समाधान भएको छ। नेकपाको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चुलिएको थियो।

बढ्दै गएको विवादले पार्टी विभाजनको खतरामा पुगे पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लगातारको छलफल र संवेदनशीलताले पार्टीलाई विभाजन हुनबाट बचाएको नेताहरूले बताएका छन्। दुई अध्यक्षबीच लामो समयसम्म भएको ‘वान टु वान’ छलफल र संवादले नेकपामा देखिएको संकटलाई समाधान गरेको दुई अध्यक्षहरूकै पछिल्ला अभिव्यक्तिले पुष्टि गरेको छ।

अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी एकताको पक्षमा दिएका अभिव्यक्तिले नेकपामा चुँडिन लागेको एकताको डोरी जोडिएको विश्वास अन्य नेता तथा कार्यकर्ताहरूले गरेका छन्। स्रोतका अनुसार नेकपा फुट्छ कि भन्ने चिन्ताले देशभरका कार्यकर्ता र दोस्रो तहका युवा नेताले दबाब दिँदै आइरहेका छन्। सोही दबाबकै कारण अध्यक्षद्वय पार्टीलाई एकजुट बनाएर लैजाने निष्कर्षमा पुगेको बताइएको आजको राजधानी दैनिकमा खवर छ ।

About the author

लाेकपाटी न्यूज

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्