अन्तर्राष्ट्रिय

१०४ वर्षीया महिलाले घरमै उपचार गरेर कोरोना जितिन्

pic

काठमाडौं। १०४ वर्षिया एक महिलाले कोरोना विरुद्धको लडाईं जितेकी छन्। इंग्ल्यान्डको केन्टमा रहेकी महिलाले घरमै बसेर उपचार गराइरहेकी उनी पछिल्लो तीन हप्तादेखि उठ्न सकेकी थिइनन्। उनलाई श्वास लिनमा गाह्रो भएको थियो।

तर बृद्ध उमेरको बावजुद पनि अब उनलाई अस्पतालमा जानुपर्दैन र अब उनी पूर्ण रूपमा निको भइसकेकी छिन्। उनको परिवारका अनुसार उनले आफ्नो जीवनको अधिकांश समय बिरामीहरूको सेवामा बिताएकी छिन्, त्यसैले उनीसँग चुनौतीहरूको सामना गर्ने हिम्मत छ। उनको जन्म बर्मा (म्यानमार)मा भएको थियो । उनले केही समय भारतमा नर्सको रूपमा काम गरिन् र त्यसपछि १९४६ मा उनी लामो समुद्री यात्रा गर्दै इंग्ल्यान्ड आएकी बीबीसीले जनाएको छ ।

उनकी नातिनी क्रिस्टल अपोलोनिया लन्डनमा मेकअप कलाकारको रूपमा काम गर्छिन्। उनले भनिन्, ‘उहाँ केही हप्ता अघि बिरामी पर्नुभयो। डाक्टरले उहाँको स्वास्थ्यको बारेमा बताउँदा हामी साह्रै डरायौं। हामीलाई थाहा थियो धेरै मानिसहरू कोरोनाबाट मरेका छन्, जहाँ हामी बस्छौं।’

‘तर जब उहाँले आफूमा कोरोना पोजेटिभ भएको थाहा पाउनुभयो उहाँलाई कुनै आपत्ति थिएन,’ क्रिस्टल भन्छिन् ‘हजुरआमा विचारले युवती हुनुहुन्छ र उहाँले आफ्नो दैनिक व्यायामलाई निरन्तरता दिन चाहनुभयो।’

लेखकको बारेमा

लाेकपाटी न्यूज