राजनीतिक दल

मुमाराम खनाल र सूर्यराजले किन छाडे साझा पार्टी ?

mumaram&suryaraj
  • 30
    Shares

काठमाडौं, २९ असार। साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले पार्टी छाडेका छन्। आफूले राख्दै आएको प्रस्ताव अस्वीकृत भएपछि प्रवक्ता सूर्यराज आचार्यले पार्टी छाडेका हुन्। संयोजक बाहेक पार्टीका सबै संरचना भंग गरेर अघि बढ्ने आचार्यको प्रस्ताव आइतबारको केन्द्रीय कमिटीको बैठकले अस्वीकार गरेको थियो।

एकता र सहकार्य गर्दै वैकल्पिक धारलाई जस्तो छ, त्यसैगरी अघि बढाऔं भन्ने राय‘पार्टीको संयोजक राखेर अन्य सबै संरचना भंग गरौं। र, ठाउँठाउँमा अन्तरक्रिया गरेर साझा पार्टी निर्माण गरौं भनेर प्रस्ताव राखेका थिए आचार्यले। ‘तर पार्टीका अधिकतम केन्द्रीय सदस्यको भने अहिलकै संरचना कायम राखौं र विचार, सिद्धान्त मिल्ने दल, समूह, अभियान र व्यक्तिसँग रह्यो।’

आफ्नो प्रस्तावलाई केन्द्रीय कमिटीले स्वीकार नगरेपछि प्रवक्ता आचार्यले आफूले पार्टीको सम्पूर्ण जिम्मेवारी त्याग्ने, पार्टी संरचनाभन्दा बाहिर रहने र वैकल्पिक पार्टी निर्माणले पार्टीभन्दा बाहिर रहेर सहयोग गर्ने प्रस्ताव राखेका थिए।
मुमारामले भने व्यक्तिगत कारण देखाएर राजीनामा दिएका हुन्।

त्यसपछि पनि आचार्यले आफ्नो प्रस्ताव छाडेका थिएनन्। २६ गतेको सचिवालय बैठकमा पनि यो प्रस्ताव उनले राखेका थिए। त्यसलाई आइतबारको केन्द्रीय कमिटीले अस्वीकार गरिदिएको थियो।

रवीन्द्र मिश्र नेतृत्वमा गठन भएको तत्कालीन साझा पार्टीले विवेकशीलसँग पार्टी एकता गरी २०७४ साउन ११ गते विवेकशील साझा बनेको थियो। तर, दुवै पार्टी लामो समयसम्म एकताबद्ध भने रहन सकेनन्। २०७५ पुस २७ गते उनीहरु विभाजित भएका थिए। विभाजनपछि नेतृत्व तहका सबै आफ्नो पूर्वपार्टीतिरै गएका थिए।

पार्टीको आइतबारको बैठकले पार्टी एकताका विषयमा गृहकार्य गर्न तीन सदस्यीय राजनीतिक संवाद समिति गठन गरेको पाठकले जानकारी दिए। लुम्बिनी भेलाको निर्णय अनुसार नै अगाडि बढ्नको लागि समिति गठन गरिएको उनले बताए। समितिमा बागमती प्रदेश संयोजक समीक्षा बाँस्कोटा, संगठन विभाग प्रमुख केशव दाहाल तथा केन्द्रीय सदस्य किरणकृष्ण श्रेष्ठ छन्।

About the author

लाेकपाटी न्यूज

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्