कला/रंगमञ्च

यी हुन् कोरोना संक्रमित बलिउड ११ सेलिब्रिटी

ashwarya-aaradhana
  • 66
    Shares

एजेन्सी । पछिल्लो समय बलिउड सेलिब्रिटीहरु पनि कोरोना भाइरसबाट संक्रमित भएका छन्। मिडिया रिपोर्टका अनुसार पछिल्लो ३४ घण्टामा ११ जना बलिउड सेलिब्रिटी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ।

अमिताभ बच्चनको परिवारका चार जना सदस्य कोरोना भाइरसबाट संक्रमित भएका छन्। त्यस्तै अनुपम खेरको परिवार समेत कोरोना भाइरसबाट संक्रमित भएका छन्। टेलिभिजन सिरियलमा काम गर्दै आइरहेका कलाकार पार्थ समथानलाई पनि कोरोना संक्रमण भएको छ।

त्यस्तै अभिनेत्री रेचल ह्वाइट पनि कोरोना संक्रमित भएकी छन्। बालाजी टेलिफिल्म्सकी उपाध्यक्ष तनुश्री कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ।

About the author

लाेकपाटी न्यूज

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्