पश्चिम नवलपरासीका विभिन्न क्षेत्र डुबानमा

nn
  • 54
    Shares

रमेश भुसाल/ पश्चिम नवलपरासी, २९ असार। लगातार परेको अविरल वर्षाका कारण पश्चिम नवलपरासीका केहि क्षेत्र डुबानमा परेका छन्। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाँउपालीका १ शंकरपुर डुबानमा परेको छ।

झरही खोलाले धनेवा खोलाको पानीको बहाव रोकेपछि १५ घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। पीडित ५ घर परिवालाई नजिकैको शंकरपुर माविमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमूख अजय केसीले बताए। त्यसैगरि सरावल गाँउपालीकाका ३ वटा वडाहरु पनि डुबानमा परेका छन्। गाँउपालीकाको ५,६र ७ वडाका बस्तीमा पानी पसेको छ।

त्यस्तै प्रतापपुर ३ नन्दनपुर मा दुईओटा कच्चि घर भत्कीएका छन्। नन्दनपुर कि रमावती देवि कक्कर र मुनरी देव चमारको घर भत्कीए पनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ। त्यस्तै पाल्हनन्दन गाँउपालीका १ रमपुरवाका प्रहलाद चमार हरिजन को गोठ भत्तकेको प्रहरीले जनाएको छ।

वर्षाको कारण गाँउमा पानी पसी जम्मा भएकाले विभिन्न खालका संक्रमण रोगहरु लाग्ने र लामखुट्टे तथा सर्प बिगबिग हुने भन्दै स्थानीयहरु चिन्तित बनेका छन्। लगातार परेको वर्षाका कारण हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै पश्चिम नवलरासीका सुरक्षा निकायहरु नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले उच्च सर्तकता अपनाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमूख अजय केसीले बताए।