पोल्यान्डको राष्ट्रपतिमा डुडा पुनः निर्वाचित

Polands-Duda pic
  • 40
    Shares

बीबीसी। युरोपेली मुलुक पोल्यान्डमा राष्ट्रपतिमा अन्दर्जेज डुडा पुनः निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी राफल ट्रजास्कोवस्कीलाई झिनो मतान्तरले पराजित गरेका हुन्। राष्ट्रिय इलेक्ट्रोल कमिसनका अनुसार डुडाले ५१ दशमलव २ प्रतिशत मत प्राप्त गरेका छन्।

सन् १९८९ मा कम्युनिज्मको अन्त्यसँगै यो मतान्तर अहिलेसम्मकै कम रहेको जनाइएको छ। युरोपियन युनियनसँग बिग्रिएको सम्बन्ध सुधार नै निर्वाचनको मुख्य एजेन्डा बनेको थियो। डुडा सत्तारुढ दल नेसनालिस्ट ल एन्ड जस्टिस पार्टीबाट पुनस् निर्वाचित भएका हुन् भने राफल सामाजिक उदारवादी व्यक्ति र वारसाका मेयरसमेत हुन्।

डुडा निर्वाचित भएसँगै न्यायलयको विधान पुनर्संरचना हुने र विपक्षीलाई पेल्ने र गेहरुको अधिकार फेरि वञ्चित हुने अपेक्षा गरिएको छ। चुनावी अभियानका क्रममा उनले एलजीबीटीका अधिकारहरु कम्युनिज्मभन्दा पनि बढी घातक हुने अभिव्यक्ति दिएपछि निकै आलोचित बनेका थिए।

नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भएको हो। डुडालाई सत्तारुढ दल र सरकारले थप पाँच वर्षका लागि राष्ट्रपति बनाउन चाहेका थिए। अर्का प्रतिस्पर्धी राफललाई भने प्रमूख प्रतिपक्षी दल सिभिक प्लेटफर्म पार्टीले समर्थन जनाएको थियो। जुन पार्टी यसअघि सन् २००७ देखि २०१५ सम्म सत्तामा रहेको थियो ।

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्