हस्तमैथुनको भिडियो पोष्ट गर्ने रविन पक्राउ

  • 46
    Shares
0

काठमाडौं। सार्वजनिक बसमा अनैतिक हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने रविन सार्की भनिने रविन रुचाललाई प्रहरीले पक्राउ गरेको छ। अपराध महाशाखाको टोलीले सोमबार चितवनको भरतपुर, विकास चोकबाट उनलाई पक्राउ गरेको हो।

रुचालले बनाएको अश्लिल भिडियो गएको वर्षको माघमा सार्वजनिक भएको थियो। सो भिडियो सार्वजनिक भएपछि उनी भागेर भारत गएको र सात महिनापछि चितवन फर्किएको खुलेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका रुचालले नै सो भिडियो बनाएको र भिडियोमा रहेका व्यक्ति उनी नै रहेको पुष्टिका लागि हस्तमैथुन गर्दाकै अवस्था (रेज कन्स्ट्रक्सन) सँग दाँजेर हेरिएको प्रहरीले बताएको छ।

रुचालका चार इमेल आइडी र तीन इन्स्टाग्राम एकाउन्ट रहेको र उनले सामाजिक सञ्जालका विभिन्न ग्रुपमा राख्ने गरेको खुलेको छ। उनले पैसाका लागि यस्तो गर्ने गरेको बताएका छन्। तर कसरी पैसा प्राप्त हुन्थ्यो भन्ने खुलाएका छैनन्।

प्लसटू सम्मको अध्ययन गरेका उनले तीन वर्ष पहिले काठमाडौँको बानेश्वर क्षेत्रमा मसला डेलिभरीको काम गर्ने गरेका थिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments
Loading...
You might also like