हाई ब्लडप्रेसर छ भने सजग हुनैपर्ने ८ विषय

  • 194
    Shares
0

एजेन्सी। असन्तुलित आहार र अनियमित जीवनशैलीको कारण आजकाल धेरै मानिसहरु उच्च रक्तचापको शिकार भइरहेका छन्। हाइ ब्लड प्रेसर भएको बेलामा रक्त धमनीहरुमा रगतको दबाव बढ्छ जसले गर्दा मुटुलाई सामान्य अवस्थामा भन्दा धेरै काम गर्नुपर्ने दवाव पर्न जान्छ।

हाई ब्लड प्रेसरका ९० प्रतिशत भन्दा धेरै केसहरुमा कुन कारणले उच्च रक्तचाप भएको नै थाहा हुँदैन। हाई बीपी बंशाणुगत गुण अथवा उमेरको कारणले पनि हुने गर्दछ। उच्च रक्तचापबाट बच्न आफ्नो जीवनशैलीमा परिवर्तन त गर्नुपर्छ त्यो बाहेक आफ्नो खानपानमा समेत ध्यान पुर्‍याउनुपर्ने हुन्छ।

तनाव र चिन्ताः नियमित धेरै तनाव र चिन्ता लिनाले उच्च रक्तचापको समस्या हुनसक्छ। उच्च रक्तचाप हुनबाट बच्न तनावको माहोलबाट सकेसम्म टाढा बस्नुपर्छ।

व्यायाम नगर्नुः हामीले बिभिन्न बाहाना बनाएर व्यायाम नगर्नाले र शारिरीक क्रियाकलापबाट टाढा बस्नाले उच्च रक्तचाप हुने संभावना बढी हुन्छ। जसलाई पहिले नै उच्च रक्तचापको समस्या छ उसले चिकित्सकको सल्लाह लिएर मात्र व्यायाम गर्नुपर्छ। अनुशासित दिनचर्या नहुनाले उच्चरक्तचाप हुनेगर्छ। त्यसैले मानिसहरुले आफुले खाने, सुत्ने, र उठ्ने समय पनि सही ढङ्गले निर्धारण गर्नुपर्छ।

नुनको अत्याधिक प्रयोगः हामीले दैनिक खाने खानामा नुनको बढी प्रयोग गरेमा मुटु र रक्तबाहिनी नलीमा समस्या देखापर्छ। त्यसैले धेरै नुन खाएमा उच्च रक्तचाप हुने संभावना पनि धेरै हुन्छ।

अधिक अल्कोहल सेवनः धेरै मात्रामा मद्यपान गर्नाले ब्लड प्रेसर बढ्ने संभावना हुन्छ। धेरै मानिसहरुको तनावमा अल्कोहलको सेवन गर्ने बानी रहेको हुन्छ। तनाव त यसै पनि उच्च रक्तचापको कारण हो भने अल्कोहलको सेवनले यसलाई अझ खतरा बढाइदिन्छ।

तेलको बढी प्रयोगः तेलको सकेसम्म कम प्रयोग गर्नुपर्छ किनभने यसमा फ्याटको मात्रा बढी रहेको हुन्छ। तेल धेरै प्रयोग गर्नाले कोलस्ट्रोलको स्तर बढ्छ र ब्लड प्रेसर हाइ हुन सक्छ।

कफिको धेरै प्रयोगः कफिमा धेरै पाइने क्याफिन नामको तत्वले ब्लड प्रेसरको लेवल बढाउन सहयोग पुर्‍याउँछ। त्यसैले उच्च रक्तचापको समस्या भएको मानिसले धेरै कफि पिउनु हुदैन।

फास्ट फुडको प्रयोगः मानिसहरुमा उच्च रक्तचापको समस्या छैन भने पनि नियमित रुपमा बारिको फास्ट फुड सेवन गर्नाले यो समस्या देखा पर्न थाल्छ। पिज्जा, बर्गर, फ्रेन्च फ्राई जस्तै मसला धेरै भएको खानाले उच्च रक्तचाप हुनसक्छ।

प्रशोधित मासुको प्रयोगः प्रशोधित मासुमा सोडियमको मात्रा धेरै हुने भएकोले यस्तो मासु ज्यादै कम मात्र प्रयोग गर्नुपर्छ। ‘ननभेज’हरुले पनि प्रशोधित र रातो मासु प्रयोगमा कमी ल्याउनुपर्छ। यसको साटो माछा र चिकेनको प्रयोग बढाउनुपर्छ। यसमा पाइने ओमेगा ३ फ्याटी एसिड बिपी नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ।

Comments
Loading...
You might also like