प्रेमशक्ति

  • 21
    Shares
0

प्रेम कस्तो प्रकृतिको हुन्छ अथवा भनौ प्रेमको सार के हो? प्रेम आफैमा एउटा रहस्य हो। प्रेमको रहस्य हरेक समयमा बहसको विषय बनिरहेको हुन्छ । प्रेम परिभाषित गरेर सङ्कुचित पार्न मिल्ने विषय होइन पनि भन्ने गरिन्छ । प्रेम एक सकारात्मक अभिव्यक्तिको सामान्य अवस्था हो । अभिव्यक्तिको रूपमा प्रेम सामान्यतया घृणा उदासीनता को विपरित हुन्छ।

पारस्परिक प्रेम एकअर्काको प्रेम हो। प्रेम साधारण रुचि भन्दा धेरै शक्तिशाली भावना हो। अनुचित प्रेमले प्रेमको ती भावनाहरु लाई जनाउँछ जुन प्रतिफल प्राप्त हुँदैन। पारस्परिक प्रेम सबैभन्दा नजिकको सम्बन्धको साथ सम्बन्धित छ। यस्तो प्रेम परिवारका सदस्यहरू, साथीहरू र जोडीहरू बीच हुन सक्छ।प्रेम एउटा अद्भुत शक्ति हो । हरेक ससाना कार्यदेखि ठूला ठूला महानकार्य गर्न प्रेमले प्रेरित गर्छ । सबै किसिमका कला र प्रतिभा प्रेमबाट जन्मेका हुन् । प्रेमले साहित्य जन्माउछ । प्रेमले गीत जन्माउछ। गीतले प्रेमको चर्चा गर्छ । घरहरु प्रेमका सुन्दर नमुना हुन् । प्रेमले आफ्नो प्यारा आफन्तका शुरक्षाको लागि घर बनायो। संसारका हरेक बस्तु प्रेमको प्रतिक हुन्।

प्रेम बिना कुनै अनुभनव हुदैन् । राम्रा मात्रै होइन नराम्रा कामको केन्द्रमा पनि प्रेम हुन्छ। यहाँ सम्मकी हत्याको पनि केन्द्रमा प्रेम हुन्छ । आत्म हत्याको केन्द्रमा पनि प्रेम लुकेको हुन्छ । प्रेमका विविध अनुभव हुन्छ। प्रेम अनुभूति हो । हाम्रो स्वास प्रेमको कारण चलेको छ । भोजन प्रेमको कारण गरेका छौं। सुख सुविधासँग प्रेम छ। पुरै ब्रमाण्ड प्रेममय छ । प्रेमको चुम्बकले मानिसलाई तान्छ । मान्नेलाई घर फकर्न प्रेमले सहयोग गर्छ। प्रेमलाई जान्नु नै जीवनलाई बुझ्नु हो । प्रेम अनुभवको विषय हो । सबैसँगै मिलेर बस्ने केन्द्र हो प्रेम। प्रेम रसको स्रोत हो । प्रेम नभएको कोही छैन । प्रेमको लागि मानिसले आफ्नो जीवनभर मेहनत गर्छ।

प्रेम जीवनमा जन्मियो भने बाँच्नुमा आनन्द आउछ। घृणा, प्रतिस्पर्धा, विभाजन नभएको प्रेमले जीवनलाई स्वर्ग बनाउछ । प्रेम नगद हो उदाहरो होइन । प्रेममा भोलि पर्सि हुदैन् । प्रेम जन्मिनु भन्दा पहिले हृदयमा सुन्दर भावना जन्मीनु पर्छ । नत्र प्रेम बस्न सक्दैन् । प्रेमले नै अनुभुति दिन्छ । सबैप्रति सकारात्मक छ कि अरुले हेप्छन भने आफ्नो जीवनमा प्रेमले सबैलाई समेट्छ । सबै मेरा हुन भन्ने भाव प्रेमले ल्याउछ । प्रेममा हार्दामा पनि मजा आउछ।

आतङ्क प्रेमको अभाव हो। युद्धको पछाडि मनुष्य भित्रको रितो हृदयको भाव हुन्छ । सबैलाई आफ्नो देख्न सक्ने भाव नै प्रेम हो। भगवान बुद्धले मात्र प्रेम दिएर २५ सय वर्ष पछि पनि नाम छ प्रेम दान नै ठुलो दान हो । सकारात्क भाव हो। केही सर्त नहुने नश्स्वाथपना नै प्रेमको विशेषता हो । अरुको समीक्षा होइन भावना हेर्न सक्नुपर्छ । जोडिने वृति हुनुपर्छ प्रमका लागि। आँखाले मान्छेलाई कसरी हेर्छ भन्ने कुराले महत्व राख्छ । हेराईले जोड्दछ । बोली, व्यवहार कस्तो छ रु जोडको शुत्र प्रेमको शुत्र हो । दोष देखाउने बानीले तोड्छ । प्रेमलाई ठूलो देख्नेले गल्ती क्षमा गर्छ। क्षमा भएको ठाउँमा प्रेम रहन्छ।

हृदयलाई बढाउने उपाय प्रेम हो । नराम्रो काम र नराम्रो बोलीलाई प्रेम गर्नुपर्छ । प्रेममा गालीगलौज स्वीकार्य हुन्छ । सर्वकार्य स्वीकार्य हुन्छ । जीवनमा पेशा, कर्म, परिवारसँग जोडिने काम प्रेमले गर्छ । क्षमा, त्याग, समपर्णको भाव आयो भने हामी प्रेममा जोडिन थाल्छौं । प्रेम सबैभन्दा ठूलो स्वतन्त्रता हो । प्रेमले गर्ने र पाउने दुबै स्वतन्त्र हुन्छन् । ध्यान र निद्रा लाग्दैन भने प्रेम मरेको हो । प्रेम लागेपछि ध्यान लाग्न थाल्छ । प्रेम ध्यान हो । यी एक अर्काका परिपुरक हो । जोड्ने कला नेतृत्व जन्मन्छ । धेरै व्यक्तिसँग मिलेर काम गर्ने कलालाई नेतृत्व भनिन्छ ।

ह्ृदयमा राज गर्न प्रेम छ भने पुग्छ । प्रेमबाट राज गर्नेको सत्ता कहिल्यै सकिदैन । सूर्य चन्द्रमाामा रहुन्जेल अमर भएर रहन्छ । प्रेम महाजोड हो । प्रेम हार्ने कला हो । हार्न जान्नेले मात्र प्रेम गर्न जान्छ । जित्न खोज्नेले आतक जन्माउछ । हार्ने व्यक्तिमजाले प्रेमको गहिराई पुग्छ । प्रेमको उचाईलाई चुम्छ ।

कम यौन र धेरै भावनात्मक घनिष्ठ रूप रोमान्टिक संलग्नताको रूपमा, प्रेम सामान्यतया वासनाको विरोधाभास हुन्छ। रोमान्टिक ओभरटोनसँग एक आपसी सम्बन्धको रूपमा, प्रेम कहिलेकाँही मैत्रीको विपरित हुन्छ, यद्यपि प्रेम भन्ने शब्द प्रायः घनिष्ठ मित्रता वा प्लेटोनेटिक प्रेममा लागू हुन्छ। प्रेमले एक व्यक्तिले अर्कोको लागि महसुस गरेको अनुभवलाई जनाउँछ।

Comments
Loading...
You might also like