नगर प्रमूख गैरेद्वारा सडक र स्वास्थ्य चौकीको स्थलगत अनुगमन

  • 48
    Shares
0

थम्मन थापा/ बागलुङ, २ फागुन। गलकोट नगरपालिकाका नगरप्रमूख भरत शर्मा गैरेले वडा नम्वर १० पाण्डवखानी देखि रमुवासम्मको निर्माणाधिन सडक स्थलगत अनुगमन गरेका छन्। नगर गौरवको योजनामा रहेको उक्त सडकलाई गलकोट नगपालिकाको आर्थिक वर्ष २०७६/०७७ को वजेटबाट रु ६० लाख विनियोजन भएको थियो। अहिले सडकको निर्माणको काम तिव्र गतिमा भइरहेको छ।

सडकको काम के कसरी भैरहेको छ, त्यहाँको वस्तुगत अवस्था सडकको ग्रेडिङ, मापडण्ड अनुसार सडक निर्माण भइरहेको छ या छैन लगायतका विषयमा नगरप्रमूख गैरेले निर्माण उपभोक्ता समिति र जनप्रतिनिधिसंग स्थलगत अनुगमन पछि जानकारी लिएका थिए। स्थलगत अनुगमनपछि नगरप्रमूख गैरेले संक्षिप्त जानकारी दिंदै सडक निर्माण प्रति आफू सन्तुष्ट रहेको बताए। मापडण्ड अनुसार सडक निर्माण भएकोमा निर्माण उपभोक्ता समितिलाई धन्यवाद समेत ज्ञापन गरे।

यस्तै नगरप्रमूख गैरेले पाण्डवखानी स्वास्थ्य चौकीको समेत स्थलगत अनुगमन गरेका छन्। स्वास्थ्य चौकीबाट प्रवाह भइरहेको सेवा सुविधा, औषधि स्टक लगायतका विषयमा नगरप्रमसख गैरेले स्वास्थ्यकर्मीहरु सँग जानकारी लिएका थिए।

स्वास्थ्य क्षेत्र संवेदनशिल भएकोले जनताको सेवामा दृढ भएर लाग्न स्वास्थ्यकर्मीहरुलाई समेत दिए। सो अवसरमा नगर प्रमूख गैरेले आगामी दिनमा स्वास्थ्य चौकीलाई गलकोट नगरपालिका बाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

अनुगमनको क्रममा गलकोट नगरपालिकाका प्रशासकय अधिकृत तुल बहादुर वि.क. नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्शद थम्मन थापा सन्देश, स्थानीय जनप्रतिनिधीको उपस्थिती रहेको थियो।

Comments
Loading...
You might also like