तनहुँमा जनयुद्धको अवसरमा विचार गोष्ठी

  • 39
    Shares
0

वि.वि श्रेष्ठ/ तनहुँ, २ फागुन। २५ औं जनयुद्ध दिवसको सन्दर्भमा जनआन्दोलन र जनयुद्धका शहिदहरुको स्मृतिमा आयोजित समाजवाद उन्मुख जनताको जनवाद विषयक विचार गोष्ठी सम्पन्न भएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपा तनहुँको अध्यक्ष केदार सिग्देलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमूख अतिथी नेकपा स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रि किरण गुरुङ रहेक थिए।

कार्यक्रममा वोल्दै प्रमूख अतिथि गुरुङ्गले जनयुद्ध र जनआन्दोलनको बलमा उपलव्ध भएको अहिलेको शासन व्यवस्थाले नेपाल र नेपालीमा ठूलो योगदान दिएको बताए। जनयुद्ध र तत्कालिन नेकपा एमालेले लिएको जनआन्दोलनको फयुजनले नेपालमा ठूलो राजनैतिक परिवर्तन भएको बताएका थिए। देशमा विद्यमान भएको शासन व्यवस्था अन्त्य गर्नका लागि तत्कालिन एमालेले शान्तिपूर्ण तवर र तत्कालिन माओवादीले सशस्त्र विद्रोहमार्फत् आजको परिवर्तन सम्भव भएको उल्लेख गर्दे यसको समुचित व्यवस्थापन नै अहिलको आवश्यकता भएको बताए।

यसैगरी कार्यक्रमका विशिष्ट अतिथि गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री तथा नेकपाका केन्द्रीय सदस्य हरिवहादुर चुमानले जनयुद्धका समयमा शहिदले खेलेको भूमिकाका कारण नै गणतन्त्र, संघीयता तथा धर्म निरपेक्षता आएको दावी गर्दे शहिद तथा वेपत्ताहरुको उचित सम्मान हुनुपर्ने बताए। वेपत्ता र शहिदहरुको व्यवस्थापनमा ढिलाई भएको बताउदै यहि सरकारले नै अब समस्या समाधानका लागि तदारुकता देखाउनुपर्ने बताए।

गणतन्त्र र संघीयतामा जनआन्दोलन र जनयुद्धको अहंम भूमिका रहेको हुदाँ तत्कालिन समयमा दुबै पार्टीको भूमिकालाई सँगै जोडेर हेर्नुपर्ने पार्टी अध्यक्ष केदार सिग्देलले बताए। तत्कालिन नेकपा एमालेको शान्तिपूर्ण जनसंघर्ष र माओवादीको जनयुद्ध नै परिवर्तनको मुख्य कडि भएको अध्यक्ष सिग्देलले बताए।

यसैगरि २५ औं जनयुद्धको अवसरपारेर युवा संघ नेपाल तनहुँले जिल्लाको सदरमुकाम दमौली वजारमा शहिदहरुको सम्झनामा श्रद्धान्जली तथा दिप प्रज्वलन कार्यक्रम पनि गरेको थियो। सो अवसरमा युवा संघ नेपालको केन्द्रीय सदस्य शरण सापकोटाले शहिद र वेपत्ताहरुलाई पार्टीले कहिल्यै भुल्न नहुने पनि बताएका थिए।

Comments
Loading...
You might also like