गणतन्त्र ल्याउन सूर्य थापाकाे कुनै याेगदान छैन : सुवाेध सेर्पाली

  • 6K
    Shares
0

काठमाडौं, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका नेता सुवोधराज शेर्पालीले नेकपाका केन्द्रीय सदस्य सूर्य थापालाई राजीनामा दिन चेतावनी दिएका छन्।शेर्पालीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै यस्तो चेतावनी दिएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका थापालाई तत्कालीन वाइसिएल नेपालका महासचिव सेर्पालीले पसिना नबगाएको र लगानी नगरेको गणतन्त्रमा सल्लाहकारको जिम्मेवारी सम्हाल्न पाउनु जनयुद्धको देन रहेको दाबी गरे।

जनयुद्ध र जनआन्दोलनको भावना मर्म र कम्युनिष्ट आन्दोलनको उद्धेश्य स्वीकार गर्न नसक्ने भए सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिन चेतावनी दिँदै थापालाई अर्काको आड लिएर धेरै नबोल्न सुझाएका छन्। आक्रोशित बनेका नेता सेर्पालीले थापा कोहि नभएको र समय सधै उनकै वरीपरि नहुने र जसको आडमा बोलिरहेका छन् त्यो कति दिनसम्म हो भनेर हेक्का राख्नसमेत चेतावनी दिए।

यद्यपी थापाले माओवादी जनयुद्ध जनयुद्ध नभएको र त्यसको भारी बोक्न पार्टी एकता नभएको लगायतका कडा टिप्पणी गर्दै आएका छन्। उनले एक अन्तरवार्तामा भनेका थिए, जनयुद्ध थिएन र छैन। जनयुद्ध नभएकै कारण विसर्जन र विघटन भएको हो। जनयुद्धको महिमा गान गर्न र गाउन पार्टी एकता भएको हैन।

11111111

 

Comments
Loading...
You might also like