गायिका इन्दिरा तिवारीको ‘हल्का हल्का गुनगुनायो‘ गीत सार्वजनिक (भिडियोसहित)

  • 11
    Shares
0

काठमाडौं। गायिका इन्दिरा तिवारीको स्वरमा रहेको गीत ‘हल्का हल्का गुनगुनायो‘’ सार्वजनिक भएको छ। अर्जुन पोखरेलको शब्द, सङ्गीत रहेको गीतको भिडियो प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो।

यो गीतमा युवराज चौलागाईंले स्वरमा साथ दिएका छन् इन्दिरालाई। महाराज थापाको सङ्गीत संयोजन रहेको गीतमा प्रकाश केसीले मिक्सिङरमाष्टरिङ गरेका छन्। निशान कश्यपको निर्देशन र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियोमा श्रृष्टि खड्का र निराजन प्रधानलाई फिचरिङ गरिएको छ।

गीत जति राम्रो छ मुस्ताङ् र वरपरका सुन्दर दृष्य समेटिएको गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ। भिडियोमा बुद्ध थापाको छायाङ्कन र सुरेश काफ्लेको ड्रोन रहेको छ। दजनौ‌ गीतमार्फत् स्रोता र दर्शकको मनमा राज गर्न सफल इन्दिराका माया प्रेम, आधुनिक, तीजका थुप्रै गीत सार्वजनिक छन्। ‘मेरा अन्य गीत जस्तै ‘हल्का हल्का गुनगुनायो‘’ले पनि स्रोता र दर्शकको साथ पाउनेमा आशावादी छु’, इन्दिराले भनिन्।

 

Comments
Loading...
You might also like