पूर्वाधार/विकास

कोरोना भाइरसले गर्दा नेपालका विद्युत आयोजानको काम ठप्प

Korona_Virus

काठमाण्डु, २ फागुन। चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण कामदार रोकिँदा नेपालका दुई विद्युत आयोजनाको काम ठप्प भएको छ। गत २३ जनवरीमा चिनियाँ नयाँ वर्ष मनाउन गएका कामदार कोरोना फैलिएपछि आउन नसक्दा दोलखा र रामेछापको सीमानामा निर्माणाधीन ४८.२ मेगावाटको खिम्ती २ तथा रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाटको लाङटाङखोला हाइड्रोपावरको काम रोकिएको हो।

खिम्ती २ पिपुल्स इजर्नी लिमिटेड र लाङटाङ मल्टी इनर्जी डेभलपमेन्ट प्रा.लि. ले निर्माण गरिरहेको छ। दुबै आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना वाटर टर्वाइनवक्र्स (सिडब्लु टिडब्लु) ले लिएको थियो।

दुबै आयोजना निर्माणमा ठेकेदार कम्पनीले चिनियाँ कामदार लगाएको थियो। चीन गएपछि कोरोनाका कारण कामदार फर्कन नसक्दा काम रोकिएको दुबै आयोजनाका कम्पनी म्यानेजर रामहरि शर्माले जानकारी दिए।

‘ठेकेदार कम्पनी हाम्रो सम्पर्कमा छ’, शर्माले भने, ‘तर कोरोनाका कारण आउन नसकेको जानकारी आएको छ।’ पिपुल्स इनर्जीका कम्पनी सचिव जनार्दन अर्यालले ठेकेदार कम्पनीका कर्मचारी र कामदार कहिले नेपाल आउने भन्ने यकिन नभएको जानकारी दिए।

लेखकको बारेमा

लाेकपाटी न्यूज