भरतपुर महानगरकाे निशुल्क एम्बुलेन्स सेवा

  • 9.2K
    Shares
0

चितवन, २ फागुन। चितवनको भरतपुर महानगरपालिकाले विकाससँगै विभिन्न जनमूखी कामलाई तीव्र पारेको छ। नगरको सडक विस्तार गराउने अभियान सबैभन्दा अग्रस्थान रहेको महानगरमा मेयर रेनु दाहालले फेरि अर्को जनप्रिय निर्णय गरेकी छिन्। अब महानगरले आफ्नो वडाभित्र सुत्केरी हुने महिलाको लागि निशूल्क एम्बुलेन्स सेवा सुचारु गरेको छ।

२०७६ मा स्वीकृत भएको कार्यविधि अनुसार भरतपुर महानगरपालिकाले एम्बुलेन्स यातायात खर्च उपलब्ध गराएको शुक्रबार महानगरका प्रमूख प्रशासकीय अधिकृतले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। भरतपुर महानगरपालिकाको वार्षिक नगर विकास योजना अन्तर्गत स्वास्थ्य तर्फ ५९ मा सुत्केरी हुने महिलाका लागि निशूल्क एम्बुलेन्स यातायात खर्च शिर्षकमा रकम विनियोजन गरेको हो।

सो रकम पाउनको लागि भरतपुर महानगरपालिकाभित्र रहेको नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्थामा दक्ष प्रसुतीकर्मीको प्रसुती सेवा लिएको हुनुपर्नेछ। महानगरपालिका भित्रको स्थायी बासिन्दा हुनुपर्नेछ। यसअघि मेयर रेनु दाहालले आफ्नो पदभार ग्रहणसँगै मध्य नेपालकै व्यस्त भरतपुर अस्पतालमा महिला तथा जेष्ठ नागरिकहरुलाई निशूल्क ओपिडी टिकट व्यवस्था गरिएको थियो।

 

Comments
Loading...
You might also like