मार्क्सवादी स्कूल : लाल र निपूणको अन्तरसम्बन्ध

  • 1.4K
    Shares
0

१. माओले हरेक मोर्चामा लडाइँ लडेर यस लडाइँमा बौद्धिक सांस्कृतिक मोर्चाको असाध्यै कुशलताका साथ प्रयोग गरे। माओले आरम्भदेखि नै दार्शनिक वैचारिक पक्षको जग निर्माण गरेर जनसम्बन्धलाई अगाडि राखेर लडाइँको मोर्चाको तयारी गरे। तीसको दशकका माओका ‘व्यवहारका विषयमा’, ‘अन्तर्विरोधबारे’ जस्ता रचनाहरूको महत्त्व दर्शन र राजनीतिसित मात्र सीमित छैन, यिनको सम्बन्ध आधार र अधिरचनासित पनि छ।

त्यसैगरी ‘सही विचार कहाँ बात आउँछ ‘ भन्ने लेखको तात्कालिक सम्बन्ध र सन्दर्भ लिउसाओचि का गलत चिन्तनको भण्डाफोर मा मात्र सीमित छैन, यसको दार्शनिक सम्बन्ध पदार्थ र चेतना, यथार्थ र प्रतिबिम्बनसित छ। माक्र्सले स्थापित गरेको र लेनिनले विकसित गरेको यथार्थ र प्रतिबिम्बन सम्बन्धी धारणालाई यस लेखले थप समृद्ध पारेको छ। समग्रमा हेर्दा माओले दर्शन र राजनीतिको केन्द्रीयतामा सांस्कृतिक आन्दोलनलाई डो¥याएका छन्। सांस्कृतिक आन्दोलनलाई दर्शन र राजनीतिलाई समृद्ध पार्न एउटा सशक्त माध्यमको रूपमा प्रयोग गरेका छन्। आधार र अधिरचनाबीचको द्वन्द्वात्मकताको सबल प्रयोग र उपयोग माओको विशेषता हो। यो विभिन्न रूपमा मूर्तिकृत भएको छ।

३. माओको सांस्कृतिक आन्दोलन सम्बन्धी अवधारणमा मौलिकता, व्यापकता र प्रतिरोधात्मक पक्षको केन्द्रीय महत्त्व रहेको छ। चिनियाँ राजनीतिक क्रान्तिको सन्र्दर्भमा होस् या सांस्कृतिक आन्दोलनका सन्र्दर्भमा होस् चिनियाँ विशेषतायुक्त मौलिकतामा उनको जोड रह्यो। तीसको दशकमा यो कुरा प्रष्टताका साथ आएको छ भने ‘नौलो जनवादको संस्कृति’ र ‘एनान प्रवचन’मा उनी झन खुलेर आएका छन्। त्यति मात्र नभएर पछिका रचनामा पनि उनले यस कुरामा जोड दिएको कुरा ‘सङ्गीतकर्मीहरू सितको कुराकानी’ (१९५६) बाट अवगत गर्न सकिन्छ।

यसैगरी जनसम्बन्ध र जनदिशाका बारेमा पनि उनको विशेष जोड रहेको छ। एनान प्रवचनदेखि लिएर ‘चिनियाँ महान् र्सवहारा सांस्कृतिक क्रान्ति’ कालका हरेक रचनामा माओको जोड, सांस्कृतिककर्मीहरू जनताको बीचमा जाने र सिक्ने, रूपान्तरित हुने र समाजवादको पक्षमा जनमत सिर्जना गर्नुपर्ने कुरामा रहेको छ। चीनको दक्षिणी भाग चेन्दुमा भएको कार्यकर्ता भेटघाटमा होस् या प्रान्तीय कमरेडहरूसितको भेटघाटमा होस्, माओले बुद्धिजीवी र लेखकहरूलाई कारखाना र मजदुरहरूका बीचमा जान र उपन्यास लेख्न आह्वान गरेका छन्।

३. आफ्ना दार्शनिक र राजनीतिक दस्तावेजमा साहित्यकला, गीत, कविता, चित्रकला, निबन्ध र उपन्यासहरूको प्रयोग र लेखकहरूको सन्दर्भ जोडेर वैचारिक र व्यावहारिक प्रस्टता प्रदान गर्नु सांस्कृतिक आन्दोलनका सन्दर्भमा माओको अर्को महत्त्वपूर्ण पक्ष हो। यथार्थतः माओले साहित्यिक कला कृतिको वर्गसङ्र्घषमा असाध्यै कुशल प्रयोग गरेका छन्। लुसुनको जीवनी र जलकिनारा जस्ता उपन्यासहरू साहित्यिक सन्दर्भमा मात्र आएका छैनन्, यी तत्कालीन वर्गसङ्र्घषको सशक्त उपज बनेका छन्। यिनले मार्क्सवादी सौन्दर्यशास्त्रलाई समृद्ध पार्न असाध्यै महत्त्वपूर्ण भूमिका खेलेका छन्।

४. स्वतन्त्रता र प्रतिवद्धताका सन्दर्भमा माओले निर्दिष्ट गरेको दिशाले पनि सांस्कृतिक आन्दोलनमा महत्त्वपूर्ण प्रकाश पारेको छ। केलाई स्थापित गर्ने र केलाई विस्थापित गर्ने, केको प्रशंसा गर्ने र केको भण्डाफोर गर्नेदेखि लिएर माओले स्वतन्त्रता र प्रतिवद्धतालाई पनि नयाँ किसिमले परिभाषित गरेका छन्। साहित्य कलाका आफ्नै नियम सङगतिहरू हुन्छन्। सौन्दर्र्यशास्त्रका आभारभूत मान्यताहरू स्वतन्त्र हुन्छन् भन्ने कुरामा एकातिर माओको जोड छ भने अर्कोतिर यी नियमहरू समाज विकास र वर्गसङ्र्घषको नियमभन्दा नितान्त फरक र निरपेक्ष हुँदैन भनेर माओले स्वतन्त्रताको अर्थ निरपेक्ष स्वतन्त्रता, अराजकता र पूँजीवादी स्वतन्त्रता होइन भन्ने कुराप्रति पनि सचेत गराएका छन्।

माओले जनप्रतिवद्धता बिनाको स्वतन्त्रताको कुनै अर्थ छैन भन्ने कुरामा जोड दिएका छन्। साथै माओले व्यक्तिको क्षमता, प्रतिभा र कुशलताका लागि व्यापक आयाम र परिवेश दिनुपर्ने कुरामा पनि जोड दिएका छन्। यसै मूल्य र मान्यताका आधारमा स्रष्टाको वर्गचेतना र पक्षधरताको निक्र्यौल गर्नुका साथै प्रशासनिक वा प्राविधिक आदेश र निर्देशद्वारा नभई व्यापक सौन्दर्र्यशास्त्रीय बहस र छलफलमार्फत् कुनै पनि कृतिको पक्षधरताको किटान गर्नुपर्ने कुरामा उनले जोड दिएका छन्। माओले लडेको लडाइँमध्ये यो पनि एउटा महत्त्वपूर्ण लडाइँ हो।

५. क्रान्तिकारी विचार र राजनीतिको केन्द्रीयतामा विचारले सुसज्जित, प्रतिरोधात्मक क्षमतावान्, सङगठित र योजनावद्धतामा गतिशील, क्रियाशील र विधागत दक्षताले भरिपूर्ण मोर्चाबद्ध शक्तिका रूपमा सांस्कृतिक मोर्चाको भूमिकालाई स्थापित गर्ने कुरामा नै माओको लडाइँ केन्द्रित रह्यो। यस क्रममा उनी अन्धनक्कलवाद, वामपन्थी सङ्कीर्णतावाद, ट्राटस्कीवाद र अराजकतावाद सबैसित लडे।

तर सबैभन्दा बढी उनी दक्षिणपन्थी संशोधनवाद र विर्सजनवादका विरुद्ध लडे। प्रतिक्रियावाद र सबैखाले अवसरवादका विरुद्धको लडाइँमा सांस्कृतिक मोर्चाको आवश्यकता र औचित्यलाई स्थापित गर्नु र यसको कुशलतापूर्वक प्रयोग गर्नु माओको विशेषता रह्यो। मार्क्सवादी सौन्दर्यशास्त्र भीषण वर्गसङ्र्घषका वीचबाट जन्म्यो र वर्गसङ्र्घषकै बीचबाट समृद्ध बन्दै आयो भन्ने कुरा माओले लडेको लडाइँबाट अवगत गर्न सकिन्छ।

Comments
Loading...
You might also like