समाज

रुकुम घटनामाका संलग्न २९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाडौं, ३२ जेठः रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा यही जेठ १० गते शनिबार भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले २९ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता गरेको छ। घटनामा किटानी भएका २९ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछूत कसुरमा मुद्दा दर्ता गरिएको रुकुम पश्चिमका डीएसपी ठगबहादुर केसीले नेपाल समयलाई जानकारी दिए।

२९ जना नै पक्राउ परेको र उनीहरूलाई अदालतमा पेश गरिएको केसीले बताए। यो कार्यमा संलग्न २९ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन पेश गरिएको प्रहरीले जनाएको छ । यसमा प्रहरीले वडाध्यक्ष, युवतीका बुबा लगायतलाई प्रतिवादी बनाएको छ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर-८ की मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए। त्यसबेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो। त्यसक्रममा नवराज, टीकाराम सुनार, गणेश बुढा लगायतको शव फेला परेको थियो।

About the author

लाेकपाटी न्यूज

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्