मार्केट

घट्यो सुनको मूल्य, तोलाको कति ?

gold pic
  • 12
    Shares

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ७६० रहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। आइतबार चाँदी प्रतितोला ९९० रुपियाँमा कारोबार भएकोमा आज ५ रुपियाँले बढेर प्रतितोला ९९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

About the author

लाेकपाटी न्यूज

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्