स्वास्थ्य

कोरोना भाइरसको महामारी अझै खराब हुँदै जान्छ : डब्ल्यूएचओ

who_chief
  • 56
    Shares

काठमाडौं। विश्व स्वास्थ्य संगठनले सरकारहरूले थप निर्णायक कदमहरू चाल्न विफल भएमा कोरोना भाइरस महामारी खराबमाथि खराब हुँदै जाने चेतावनी दिएको छ। डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस एड्हानोम गेहब्रेयससले थुप्रै देशहरू गलत दिशातर्फ गइरहेको बताए।

सोमवार जिनिभामा बोल्दै डा. गेहब्रेयससले नेताहरूको मिश्रित सन्देशले उनीहरूले महामारीलाई नियन्त्रणमा ल्याउन सक्छन् भन्ने जनविश्वासलाई कमजोर पारेको बताए। ’यो भाइरस आम मानिसको एक नम्बरको शत्रु बनेको छ तर सरकार र मानिसहरूका गतिविधिले त्यस्तो देखाउँदैन,’ उनले भने।

उनले सामाजिक दूरी, हात धुने, आवश्यक ठाउँमा मास्क लगाउनेजस्ता गतिविधिलाई गम्भीर रूपमा लिनुपर्ने बताए। निकट भविष्यमा पुरानो सामान्य अवस्था फर्कने देखिँदैन। उनले चेतावनी दिँदै भने, ’यदि आधारभूत कुरालाई पछ्याइएन भने यो महामारी जाने एउटै बाटो छ। त्यो भनेको खराब, खराब र खराब हुनु हो।’

About the author

लाेकपाटी न्यूज

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्