समाज

स्याङ्जामा पहिरोमा परी एकको मृत्यु, तीन बेपत्ता

pahiro pic
सांकेतिक तस्वीर
  • 52
    Shares

स्याङ्जा, ३० असार। स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नं ४ मा पर्ने बिर्खाटार खहरेमा आएको पहिरोका कारण एक जनाको मृत्यु भएको हो।

पहिरोमा परी दुईजना घाइते भएका छन् भने तीनजना बेपत्ता भएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए।

खेतमा पानी लगाउन गएका ६ जना बिहान सवा ८ बजेतिर गएको पहिरोमा परेका थिए। बेपत्ताको खोजीकार्य जारी रहेको अध्यक्ष थापाले बताए।

About the author

लाेकपाटी न्यूज

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्