शिक्षा

बाजुरामा ‘सिक्दै सिकाउदै’ रेडियो कार्यक्रम प्रभावकारी

piccc
  • 69
    Shares

राजेन्द्र बिक/ बाजुरा, ३० असार। लकडाउनको समयमा पनि बालबालिकाको सिकाइलाई निरन्तरता दिन सञ्चाालन गरिएको रेडियो कार्यक्रम सिक्दै सिकाउंदै बाजुरामा अत्यन्तै प्रभावकारी बन्दै गएको छ।

दुर्गम जिल्लाका दूरदराजस्थित गाउँका अभिभावकहरुलाई बालबालिका प्रतिको आमा बुवाको जिम्मेवारि बोध गराइ बालबालिकाको खेल्दै सिक्दैको वातावरणलाई सिर्जनात्मक बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको सो कार्यक्रम युनिसेफ नेपालको आर्थिक तथा प्राविधिक सहयोग सेतो गुराँस राष्ट्रिय बालबिकास सेवा ललितपुर र सेतो गुराँस बालविकास सेवा, बाजुराद्धारा सञ्चालित नेपालका सिमान्तकृत समुदायका बालबालिकाका लागि प्रारम्भिक बालविकास अवसरको सवलिकरण कार्यक्रम अन्तर्गत रहेर कार्यक्रम सञ्चालन गरिएको हो।

बाजुरा जिल्लामा सञ्चालित रेडियो बुढीनन्दा र रेडियो पौरखीमार्फत् साप्ताहिक रुपमा सोमबार र बिहीबार बिहान ७ः३० देखि ७ः४५ बजेसम्म एकसाथ प्रसारण भइरहेको छ। त्रिवेणी नगरपालिका वडा नम्बर ९ बांगापाटा टोलकी बेलु थापाले भनिन, ‘हामी बिहान कार्यक्रम प्रशारण हुने समयमा समुदायमा सबै अभिभावक बालबालिका सहित एकै ठाउँ जम्मा भएर सामाजिक दूरी कायम गरी कार्यक्रम सिक्दै सिकाउंदै निरन्तर रेडियोमार्फत् सुनिरहेका छौं।’  अभिभावकले अत्यन्तै उत्सुक भएर कार्यक्रम सुनेको र सिकेका कुरा बालबालिकाको सिकाइमा प्रयोग गरी कार्यान्वयनमा सहयोग गरेको बांझपाटा प्रारम्भिक बालबिकास केन्द्र बुढिगंगा ५ कि वाल शिक्षिका चिना जोशीले बताइन्।

बाजुराका समुदायमा अहिले सम्म रेडियो कार्यक्रम सिक्दै सिकाउंदै अभिभावक शिक्षाका रुपमा प्रभावकारी बनाउन ३६ओटा श्रोता क्लब गठन गरी ६ सय ५३ महिला र ६ सय ९८ पुरुष गरी जम्मा १३ सय ५१ जना अभिभावकले बालबालिकाको सर्वाङिण विकास अन्तर्गत शारीरिक, बौद्धिक सामाजिक संबेगात्मक र भाषिक विकासमा सहयोग पुर्याइरहेका सेतोगुरांस बालबिकास सेवा बाजुराका कार्यक्रम प्रबन्धक देबु खातीले बताए।

लकडाउनमा बालबालिकाको सिकाइ निरन्तरताका लागि अभिभावकले खेल्नु पर्ने भूमिकाका बारे विभिन्न विषयमा छलफल हुने यो कार्यक्रमले बालबालिकाको सिकाइमा सकारात्मक प्रभाव पार्ने ,स्थानीय स्तरमा उपलब्ध हुने स्रोत साधनबाट बालाबालिकाले घरमा बसेर पनि केही सिक्न सक्ने,अभिभावकले रेडियोबाट सुनेका सन्देशबाट उनिहरुले बालबालिकासँग गरिने व्यवहारमा सकारात्मक परिवर्तन हुनाले कार्यक्रम प्रसंसनिय रहेको सरोकारवालाले बताए।

About the author

लाेकपाटी न्यूज

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्