पहिरोमा पुरिएर बोहोराको मृत्यु

death
सांकेतिक तस्वीर

राजेन्द्र बि.क./ बाजुरा, ३०असार। बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर ३ मा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका वडा नम्बर ३ मेलढुस्काका ७२ वर्षीया शिव बोहोरा रहेका जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी दान बहादुर रोकायाले जानकारी दिए।

दिउँसो गाइ गोरु चराउन गाउँ नजिकैको मेलढुस्का काप्कोट सडकको बिचमा गएका बेला रोड माथिबाट आएको पहिरोमा परि मृत्यु भएको प्रहरी निरीक्षक रोकायाले बताए। थप अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थलमा पुगी सकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमूख टंक प्रसाद भट्टराईले जानकारी दिए।