राजनीतिक दल

ओली–प्रचण्डबीचको छलफल सकियो

prchnda -n oli
  • 771
    Shares

काठमाडौं, ३० असार। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड बीचको आजको वार्ता सकिएको छ। एक्लाएक्लै वार्तामा बसेका ओली र प्रचण्डको छलफल निष्कर्षविहिन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

पार्टी विभाजन टरेको र छलफलबाटै समस्याको हल खोज्ने बताएका ओली र प्रचण्ड बीचको यो छलफललाई चासोपूर्वक हेरिए पनि अन्ततः बैठक निष्कर्षविहिन भएको छ। पछिल्लो पटक साउन २ गतेसम्मका लागि बैठक स्थगित भएको छ। बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ।

यही विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल समूहले लगातार बैठक स्थगित गरेर सहमतिको लागि भन्दै ओलीसँग संवाद गर्दै आएका छन्। जारी छलफलमा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहो¥याएका छन् भने प्रचण्डले कम्तिमा एउटा पद छाडेर सहमतिमा आउन आग्रह गर्दै आएका छन्।

तर, ओलीले दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने जवाफ दिदै आएको बताइन्छ। मंसिर ४ को सहमतिमा ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने उल्लेख छ ।
मंसिर ४ को यो सहमति ओलीकै कारण कार्यान्वयन नभएको भन्दै प्रचण्डले २०७५ जेठ २ को सहमतिअनुसार अघि बढ्नुपर्ने अडान लिएका छन् ।

About the author

लाेकपाटी न्यूज

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्