समाज

मेलम्चीको सुरुङमा इञ्जिनियरसहित २ बेपत्ता

Melamchi01
  • 62
    Shares

सिन्धुपाल्चोक, ३० असार। मेलम्ची खानेपानी आयोजनाको सुरुङमा परीक्षणको लागि छाडिएको पानीमा एक जना इञ्जिनियर र चालक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका १ स्थित सुरुङमा आयोजनाका एक जना इञ्जिनियर र चालक रहेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुरूङको एक ठाउँबाट एक्कासि पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका उनीहरुलाई पानीले बगाएर बेपत्ता बनाएको हो। परीक्षणका लागि हाल सुरुङमा पानी हालिएको छ। यसअघि पानी सुरुङमा पानीले बगाएर ४ जना बेपत्ता भएका थिए। प्रहरीका अनुसार उनीहरुमध्ये २ जनाको जीवितै उद्धार गरी अस्पताल पठाइएको र दुई जनाको भने खोजी कार्य भइरहेको छ।

About the author

लाेकपाटी न्यूज

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्