पुश्कल शर्माको ‘सतीप्रथा’ गीत उत्कृष्टको सूचिमा (भिडियोसहित)

  • 46
    Shares
0

काठमाडौं, १ माघ। लोकप्रिय गायक पुश्कल शर्माको नयाँ गीत ‘सतीप्रथा’ले शुक्रबार सार्वजनिक गरिएको छ। गीतले वैदेशिक रोजगारमा ज्यान गुमाउने परिवारको कथालाई उठाएको छ।

युट्युबमा अपलोड गरेको छोटो समयममा सबैको मन जित्न सफल भएको छ। युट्युबको उत्कृष्टको सूचिमा आउन सफल भएसँगै गीतको चर्चा झन चुलिएको छ। गीतमा पुश्कल शर्मालाई विष्णु माझीले साथ दिएकी छन्।

गायक शर्माको ‘सतिप्रथा’ गीत उत्कृष्ट, मार्मीक अनि मन छुने रहेको छ। प्राय शर्माको हरेक गीत उत्कृष्ट हुने गर्दछन्। गीतको म्युजिक भिडियो पनि उस्तै दमदार रहेको छ। गीतलाई पुश्कल शर्माले लय तथा शब्द सिर्जना गरेका छन् भने सारिका केसी र शर्माको उत्कृष्ट अभिनय रहेको छ भने शर्मा आँफैले गीतलाई निर्देशनसमेत गरेको छन्।

Comments
Loading...
You might also like