अस्ट्रेलियामा सन्दीपको उत्कृष्ट बलिङ, ११ विकेट लिन सफल

  • 39
    Shares
0

काठमाडौं, १ माघ। अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन्। बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आएका सन्दीपले बुधबार पर्थ स्कोचर्स्विरुद्धको खेलमा ‘मेडन ओभर’ बलिङ गर्दै दुई विकेट लिएका हुन्।

सन्दीपले तीन ओभर मात्र बलिङ गरे। उनले आफ्नो पहिलो ओभरमा बिना विकेट तीन रन खर्चिए भने दोस्रो ओभरमा पनि बिना कुनै विकेट चार रन दिए। सन्दीपले आफ्नो तेस्रो ओभरको तेस्रो र चौथो बलमा लगातार दुई विकेट लिए। उनले तेस्रो बलमा क्रिस जोर्डन तथा चौथो बलमा झाई रिचर्डसनको विकेट लिए।

सो ओभरमा उनले कुनै रन खर्चिए। सन्दीपले विपक्षी खेलाडीलाई छक्का र चौकासमेत प्रहार गर्न दिएनन्। यस यामको बिग ब्यासमा सन्दीपले हालसम्म नौ खेल खेल्दै ११ विकेट लिन सफल भएका छन्। सन्दीपको टोली मेलबर्न स्टार्सले टस हारेपछि शुरुआतमा बलिङ गर्न पुगेको हो।

विपक्षी टोली पर्थले १३ दशमलव पाँच ओभरमा सबै खेलाडी गुमाउँदै ८६ रन मात्र बनायो। सो खेलमा मेलबर्न आठ विकेटले विजयी भयो। बिग ब्यासमा सन्दीपको टोली मेलबर्न अङ्क तालिकाको शीर्ष स्थानमा छ।

Comments
Loading...
You might also like