प्रधानमन्त्री ओलीको सम्बोधन आज

  • 20
    Shares
0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले हिजो सम्बोधन गर्ने कार्यक्रम रहेको भनिए पनि राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण सम्बोधन आजको लागि सारिएको हो।

प्रधानमन्त्री ओलीले बिहान ११ बजे संसदमा सम्बोधन गर्ने तय भएको छ। प्रधानमन्त्री ओलीले सम्बोधनमा दुई वर्षको अवधिमा सरकारले गरेका कामको बारेमा जानकारी गराउने छन्। ओलीको नेतृत्वमा सरकार गठन भएको आज दुई वर्ष पुगेको छ।

उपाध्यायको शुक्रबार बिहान रुपन्देहीमा निधन भएको थियो। शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुने भएपछि प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने भनिएको शुक्रबारको कार्यतालिका शनिबारका लागि सारिएको हो।

Comments
Loading...
You might also like