बिहे भोजमा नायिका आँचलले लगाइन् १६ लाखको लेहेंगा

  • 57
    Shares
0

काठमाडौं। नायिका आँचल शर्माले शनिबार बेलुकी भव्य बिहे भोज आयोजना गरेकी थिइन्। नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले बिहिबार बिहे गरेका थिए।

सामाजिक सञ्जालमा अहिले आँचलको पहिरनको चर्चा सुरु भएको छ। नायिका आँचल शर्माले शनिबार आयोजित पार्टीका लागि मात्र १६ केजीको लेहेङ्गा लगाएकी थिइन्। यो लेहेङ्गालाई भारतका चर्चित डिजाइनर सव्य साँची मुखर्जीको टिमले डिजाइन गरेको हो।

यो पहिरन डिजाइनको सुरुवात २ महिना अगाडिदेखि नै गरिएको हो। यो लेहेङ्गाको मुल्य १६ लाख रुपैयाँ रहेको बताइएको छ। सव्य साँची मुखर्जीको ब्राण्ड भारतमा निकै चर्चित छ रहेको भन्दै नायिका आँचलले ब्राण्डका कारण पनि महंगो पर्न गएको बताइन्।

Comments
Loading...
You might also like