लकडाउनमा टुसाएको अनौठो प्रेम कहानी

  • 154
    Shares
0

काठमाडौं, ३ बैशाख। एकातिर कोरोना संक्रमणको घटना संसारभरमा वृद्धि भइरहेको छ, मान्छेहरु दुःख र निराशाको सामना गर्दै छन्, भने अर्कोतर्फ केही सुखद पक्षहरु पनि देखिएका छन। मानिसहरूले परिवारसँग समय बिताइरहेका छन्, सम्बन्धहरूले नयाँ अनुभूति पाइरहेका छ र यो लकडाउनको कारण घरहमा बस्ने व्यक्तिहरुमा एकअर्काप्रति प्रेम फस्टाउँदै गएको छ। तर केहि मानिसहरु घरको बालकोनी र छानाबाट एक अर्कालाई देखेर प्रेममा पर्न थालेका छन।

यस्तै एउटा रोमान्टिक प्रेम कहानीको सूरुवात इटालीको भेरोना शहरमा शुरु भएको छ। ३९ बर्षे माइकल दे अल्फासो उनको घरको अगाडि बस्ने ३८ बर्षे पाओला अग्नेलीसँग प्रेम भयो, जब ती दुई साँझ उनीहरूको आ-आफ्नो बालकनीमा उभिरहेका थिए र संगीतको मजा लिइरहेका थिए।

इटालीका धेरै शहरहरूमा मानिसहरू बेलुकी ६ बजे दैनिक आफ्नो बालकनीमा आउँछन् र गीत बजाउँदछन् र कोरोना महामारीको युगमा एकताको सन्देश दिन्छन्। संगीत बजाउनेहरुमा पाओलो को बहिनी लिसा पनि छन जो भायोलिन बजाउछिन। बीबीसी सँगको कुराकानीमा माइकल भने, ‘उनले पहिलो पटक पाओलालाई तब देखे जब उनी संगीत सुन्नका लागि आफ्नो बालकोनीमा आईन्।’

दुबै घरहरू आमने सामने छन्। पाओला आफ्नो दिदी र आमासँग छैठौं तलामा बस्छिन्। माइकल अगाडि भवनको सातौं तलामा बस्छन्। संगीत सत्रको दौरान तिनीहरू दुवैको आँखा जुध्यो र एकअर्कालाइ प्रेम गर्न थाले। बहिनी लिसा अग्नेलीका अनुसार उनि हरेक दिन बाल्कनीमा भाइलिन बजाउँथिन, १७ मार्चमा, उनि र उनकी दिदी भाइलिन बजाउदै थिए। त्यतिबेला माइकलले उनकी दिदीलाइ देखे र उनीहरु प्रेममा परे।

पाओला भन्छिन्, ‘म मेरी बहिनीलाई मद्दत गर्न बालकनीमा गएँकी थिए । त्यसपछि मैले माइकललाई उभिरहेको देखें। पहिलो नजरमा नै मलाई माइकल मन प¥यो।’ पाओला थप्छिन, ‘संगीत सकिसकेपछि मैले इन्स्टाग्राममा एउटा सन्देश देखें। यो माइकलको थियो। उनले लेखेका थिए, म कोरोना भाइरसको युगमा तिम्रो लागी प्रेमको किताब लेख्न सक्छु।’ त्यो रात तीन बजे सम्म इन्स्टाग्राम सन्देशमा उनिहरुको कुराकानी भयो। उनी भन्छिन्, ‘हामीले महसुस गर्यौं कि हामी एक जस्तै विचार गर्छौं जुन सम्बन्धको सबल आधार हो।’

लगातार हप्ता-दस दिनसम्म आमनेसामनेपछि दुवैले निर्णय गरेका छन्- अहिले तत्काल नभेट्ने, सामाजिक दूरी पालना गर्ने। तर टुसाएको प्रेमलाई निरन्तरता दिइरहने। मिसेल बैंकर भएकाले दैनिक धेरै मान्छेको सम्पर्कमा रहनुपर्छ। उनी भन्छन्, ‘मलाई यो सम्बन्ध विकासको घटनाक्रम देख्दा जादु झैँ लाग्छ। तर भयो यस्तै यो वास्तविकता हो।’ -बीबीसी

Comments
Loading...
You might also like