समाचार

क्वारेन्टाइनमा बसेकी युवतीलाई सामूहिक बलात्कार गर्ने तीन युवकविरुद्ध मुद्धा दर्ता

https://lokpati.com/wp-content/uploads/2018/09/Rape.jpg
  • 33
    Shares

कैलाली, १ असारः कैलालीमा क्वरेन्टीनमा बसेकी युवतीमाथि सामूहिक बलात्कार गर्ने तीन युवकविरुद्ध मुद्दा दर्ता गरिएको छ। पीडित ३१ वर्षीया युवतीले सामूहिक बलात्कार गर्ने तीनै जनाविरुद्ध इलाका प्रहरी कार्यालय लम्कीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।

बलात्कार आरोपित तीनै जनालाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्षण विक र १८ वर्षीय सर्जन विक रहेको प्रहरीले जनाएको छ। उनीहरु क्वरेन्टीनमा स्वयम सेवकको रुपमा खटिएका थिए।

लेखकको बारेमा

लाेकपाटी न्यूज