खेलसँगै यी योगासन सिकाउँदा बच्चा जीवनभर स्वस्थ रहन्छ

0

एजेन्सी । हरेक बाबाआमाको सपना हुन्छ बच्चा मानसिक र शारारिक रुपमा स्वस्थ रहोस् । यद्यपि, अनियमित दिनचर्या तथा गलत खानपानको असर युवावर्गमा मात्र नभएर बालबालिकामा पनि देखिन थालेको छ । यस्तो अवस्थामा बच्चा स्वस्थ राख्नको लागि पहिलेदेखि योग सिकाउनुस् । खेलसँगै यी योगासन सिकाउँदा बच्चा सधै स्वस्थ खुशी रहन्छ । योगको नियमित अभ्यासले बच्चाको पुरै जीवन स्वस्थ रहन मदत गर्छ ।
पश्चिमोत्तानासन
पश्चिमोत्तानासनको अभ्यासबाट बच्चाको एकाग्रता बढ्छ । र, चञ्चलता स्थिर राख्छ । यस आसनको अभ्यास गर्नको लागि आफ्नो गोडालाई फैलाएर कुनै समथर स्थानमा सिधा बस्ने आफ्नो हातलाई माथि उठाएर गहिरोसँग श्वास लिने । आगडितरि अझै झुक्ने र सास छोड्ने । आफ्नो हातले गोडाको औंला छुने प्रयास गर्ने र टाउकोलाई घुडामा राखेर यो आसन पुरा गर्न सकिन्छ ।
सर्वांगासन
सर्वांगासनको अभ्यासबाट बच्चाको शरीरमा ग्रोथ हर्मोनले राम्रोसँग काम गर्छ । यो आसन शरीरको एक सम्पूर्ण व्यायम हो । सर्वांगासनले थकाई तथा तनाबलाई टाढा गरी मनलाई शान्त राख्न मदत गर्छ । जसले आनन्द महशुस गराउँछ ।
यस आसनको अभ्यासको लागि जमिनमा सीधा भएर पिठको बल सिधै जमिनमा पर्ने गरी बस्ने । गोडालाई आपसमा जोडेर राख्ने र विस्तारै माथि उठाउदै लैजाने । कुहिनोलाई जमीनमा टेकेर दुबै हातबाट कम्मरलाई समाएर सहारा दिने । कम्मरको माथितरि रहेको गोडालाई सिधा राखी टाउकोलाई जमिनमा टिकाएर राख्ने । कम्तीमा एक मिनेट यसरी रहनु पर्छ । विस्तारै अभ्यास गर्दै जादाँ यो आसन गर्ने समयावधि बढाउदै लैजान सकिन्छ ।
सूर्य नमस्कार
सूर्य नमस्कार योगबाट शरीरमा व्लड सर्कुलेसन राम्रो हुन्छ । र, भोक लाग्छ । यसले व्यक्तिको मानसिक, शारारिक तथा आत्मिक बल बढाउन मदत गर्दछ । आखाँको रोशनी तेजिलो बनाउनुका साथै स्मरण शक्ति बढाउन मदत गर्छ ।

Comments
Loading...
You might also like