इतिहासमा आजका घटना

0

काठमाडौं । आज माघ २ गते बिहिबार २०७६ अर्थात सन् २०२० को जनवरी १६ तारिक हो । आजको दिन नेपाल र विश्व इतिहासमा भएका घटनाक्रममध्ये केही महत्वपूर्ण घटनाक्रमहरु :
आजको दिन १९९० सालमा नेपालमा महाभुकम्प गएको थियो । नेपालमा गएको ठुलो भूकम्प मध्ये यो पनि एक हो । संखुवासभाको चैनपुरलाई केन्द्रविन्दु बनाएर ८.२ रेक्टर स्केलको भूकम्प गएको थियो । यो भूकम्पले ८ हजार ५० जनाको ज्यान गएको थियो । भूकम्पबारे सचेतना जगाउन आज राष्ट्रिय भूकम्प सुरक्षा दिवश मनाइन्छ । भूकम्पले पूर्याउने क्षति कम गर्नको लागि २०५६ सालदेखि भूकम्प सुरक्षा दिवश मनाउन थालिएको हो ।

आज स्वर किन्नरी तारादेवीको जन्म जयन्ती हो । तारादेवीको जन्म काठमाडौंको इन्द्रचोकमा २००२ साल माघ २ गते भएको थियो । उनले चार सय भन्दा बढि गीतमा स्वर दिएकी छिन् । उनका उकाली ओरालीहरुमा, तिमिलाई हाँसेर सोचेजस्तो हुन्न जीवन लगायत धेरै गीत लोकप्रिय छन् ।

आज संगितकार गोविन्दलाल नेपालीको पनि जन्म जयन्ती हो । १९७१ सालको माघ २ गते उनको जन्म भएको हो । उनले संगीत भरेको गाउँछ गीत नेपाली,ज्योतिको पङ्खा उचाली भन्ने गीत लोकप्रिय छ ।

२०७२ सालमा आजको दिनमा एशीयाली पूर्वाधार विकास बैकको सञ्चालक समितिको सदस्यमा नेपाल चयन भएको थियो । चीनको राजधानी बेइजिङमा एशीयाली पूर्वाधार विकास बैक उद्घाटनको क्रममा भएको बैठकबाट नेपाल सञ्चालक समितिको छानिएको हो ।
आजकै दिन सन १९८९मा सोवियत संघले मंगल ग्रहमा मानव अभियानको लागि घोषणा गरेको थियो ।

Comments
Loading...
You might also like