एकनारायण भण्डारी र बिमलराज क्षेत्रीको ‘ऐना हेरी हेरी’ गीत सार्वजनिक (भिडियोसहित)

  • 258
    Shares
0

काठमाडौं, २ माघ । सर्जक एकनारायण भण्डारीको ‘ऐना हेरी हेरी’ गीत सार्वजनिक भएको छ। गीतको म्यूजिक भिडियो एकनारायण भण्डारीको आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो।

लोकदोहोरी, नेपाली चलचित्र र आधुनिक गीतमा कलम चलाएर सबैको मनमा बस्न सफल सर्जक एकनारायण भण्डारीले आफ्नै शब्द संगीतमा ‘ऐना हेरी हेरी’बोलको गीत बजारमा ल्याएका हुन्। गीतमा नेपाली लोक सांगीतिक क्षेत्रमा लामो समयदेखि निरन्तर सकृय रहँदै आएका गायक बिमलराज क्षेत्री र गायिका विष्णु माझीको स्वर रहेको छ।

शान थापाको निर्देशन, राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा कबिता नेपाली र बिजु पार्कीले अभिनय गरेका छन्। भिडियोलाई अर्जुन तिवारीको टिमले छायाङ्कन गरेको हो। गीतको अडियोअनुसार भिडियो पनि राम्रो बनेको छ।

Comments
Loading...
You might also like