आबुधावीमा नेपाली सवार मिनिबस दुर्घटना, पाँचको मृत्यु

  • 19
    Shares
0

काठमाडौं, २ माघ। संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधाबीमा नेपाली सवार मिनिबस दुर्घटनामा परेको छ। २४ जना सवार मिनिबसमा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले २४ जना सवार मिनीबसमा १८ जना नेपाली रहेको जानकारी आफूले पाएको बताएका छन्। मृतकहरुको पहिचान हुन नसकेको राजदूत ढकालले फेसबुकमार्फत् जनाएका छन्।

उनले भनेका छन्, ‘मृतक कुन मुलुकका हुन् भन्ने स्पष्ट भइसकेको छैन।’ घाइतेहरुको माफराक अस्पतालमा उपचार भइरहेको छ ।

krishna_dhakal_Uae

Comments
Loading...
You might also like