सभामूख चयनमा उपसभामूख शिवमाया नै बाधक : नेता गजुरेल

  • 144
    Shares
0

काठमाडौं, २ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा अहिले देखिएको गतिरोधको प्रमूख कारक र बाधक नै उपसभामूख डा. शिवमाया तुम्बाहाम्फे नै रहेको बताएका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिलेको गत्यावरोध हटाउनको लागि पनि उपभामूख डा. तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने स्पष्ट पारे।उनले भने, ‘उहाँले मार्ग प्रशस्त गर्नुपर्छ।

भोलि उहाँ नै सभामूख बन्ने हो भने पनि उहाँले राजीनामा नदिईकन सभामूखमा उम्मेद्धवारी घोषणा गर्न मिल्दैन।’ नेता गजुरेलले नेकपामा सभामूखको दाबेदारमा धेरै नेताहरु रहेको बताए। उनले भने,‘हाम्रो पार्टीमा सभामूख बन्न सक्षम धेरै नेताहरु हुनुहुन्छ। जो पनि हुन सक्ने कुरा हो।

जे सहज प्रक्रिया हो, जनताले जे कुरा बुझेको हो हामीले त्यही गर्नुपर्छ। जनता, कार्यकर्तालाई असहज लाग्ने काम हामीले गर्नुहुन्न। त्यसकारण कसले दाबी गर्ने भन्ने कुरै होईन, हिजो स्वभाविक प्रक्रियामा जे थियो त्यसलाई अगाडि बढाउनुपर्छ।’ उनले सभामूखमा नेकपाको दाबी भएपछि को हुने ? भन्नेबारे बहस चल्नु त स्वभाविक प्रक्रिया भएको स्पष्ट पारे। उनले भने, ‘पार्टीमा सभामूख को हुने ? भन्नेबारे बहस त चलिनै हाल्छ। यो स्वभाविक प्रक्रिया हो ।

धेरै नेता तथा कार्यकर्ता भएपछि चल्ने नै भयो । त्यसलाई हामीले अस्वभाविक रुपमा लिनुहुँदैन्। अहिले बहस पनि छ। निर्णय नहुञ्जेलसम्म बहस त भईनै रहन्छ। निर्णयमा पुग्नको लागि पनि बहस भैरहेको हो। के गर्दा राम्रो हुन्छ ? भन्ने कुरामा अहिले विभिन्न पक्षबाट आ–आफ्ना तर्कहरु राख्ने काम भैरहेको छ । मलाई लाग्छ उपसभामूखले राजीनामा नदिएसम्म सभामूखको विषयमा हामीले बहस गर्नुको कुनै अर्थ छैन्। बहस ग¥यो भने फेरि नेकपाले सभामूखपनि आफैं राख्न खोज्यो, उपसभामूख त आफ्नो छँदैछ भन्ने आरोप आउन सक्छ। यो कुरा तपाईहरुले पनि बुझेको हुनुपर्छ ।’

उपभामूख डा. तुम्बाहाम्फेले राजीनामा नदिए तपाईहरु के गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘उहाँले राजीनामा दिनुहुन्छ। उहाँ पार्टीको नेता पनि हो। एउटा कार्यकर्ता पनि हो। उपसभामूखजस्तो गरिमामय पदमा उहाँ आसन गरिसक्नुभएको छ। संसदलाई बन्धक त उहाँले बनाई राख्नुहुन्न। कि त उहाँले भन्नुपर्यो सभामूख त अर्कै पार्टीलाई दिउँ, म उपसभामूख छोड्दिन भन्नुपर्यो। होईन भने उहाँले मार्गप्रशस्त गर्नुपर्यो । उहाँ नै भोलि हुने हो भनेपनि मार्गप्रशस्त गर्नुपर्यो ।’

उपसभामूख तुम्बाहाम्फेले लिएको अडान आफूहरुलाई सहज नलागेको पनि उनले टिप्पणी गरे। उनले भने,‘उहाँले राजीनामा नदिएसम्म नेकपाले सभामूखमा उम्मेद्धवारी दिन नै पाउँदैन् । उपसभामूखजस्तो पदमा बसेर उहाँले देश र जनतालाई निकास नदिने हो भने उहाँमाथि भोलि आरोप पनि त आउने भयो नि ।’ उनले आफूहरुले उपसभामूखलाई असक्षम भनेर नभनेको पनि जिकिर गरे ।

उपसभामुखले राजीनामा नदिए के गर्नुहुन्छ ? तपाईहरु महाअभियोग लगाएर हटाउनुहुन्छ त ? भनेर सोधेको अर्को प्रश्नमा उनले भने, ‘उहाँले राजीनामा नदिने हो भने पार्टीले गम्भिर छलफल गर्छ। अहिले हामीले त्यस्तो सोचाई नराखौं। उपसभामूखले राजीनामा नदिने भनेर लिएको अडानका पछाडि केही कारण होलान। तर उहाँले मार्गप्रशस्त गर्नैपर्छ। पार्टीका दुबै अध्यक्षले बसेर उहाँलाई राजीनामा दिन आग्रह गर्नुभएको छ । अध्यक्षद्धयले तपाईको लागि हामी अर्कै कुनै विकल्प पनि दिन्छौं भनिसकेपछि अब कसलाई आरोप लगाउने ?’

Comments
Loading...
You might also like