त्रिशूली नदीमा एक दम्पती दुई नाबालक छोरासहित हामफाले

  • 61
    Shares
0

काठमाडौं, २ माघ । त्रिशूली नदीको झोलुङ्गे पुलबाट एक दम्पती दुई नाबालक छोरासहित हामफालेका छन्।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनीहरु धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बेनीघाटमा रहेको त्रिशूली नदीको पुलबाट हामफालेका हुन्।

बिहीबार साँझ काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ स्थित थानकोट घर भएका विनय लामिछाने श्रीमती र दुई नाबालक छोरासहित त्रिशूली नदीमा हामफालेका हुन्। उनीहरुमध्ये बिनयलाई जिवितै उद्दार गरिएको छ भने श्रीमतीको मृत्यु भएको छ।

यस्तै दुई नाकाबलक छोराहरु वेपत्ता छन्। वेपत्ता हुने बालकहरु २ वर्ष र ६ महिनाको भएको प्रहरीले जनाएको छ। उनीहरु किन एकसाथ नदीबाट हामफाले भन्नेबारे खुल्न सकेको छैन। प्रहरीले बेपत्ता भएकाहरुको खोजीकार्य गरेको छ भने घटनाबारे अनुसन्धान भइरहेको छ।

Comments
Loading...
You might also like