केजरीवालको सपथ ग्रहण कार्यक्रममा मोदी नजाने

  • 150
    Shares
0

एजेन्सी। आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल आज तेस्रोपटक दिल्लीको मुख्यमन्त्रीका रूपमा सपथ लिँदैछन्। उनको सपथ ग्रहण कार्यक्रम रामलीला मैदानमा राखिएको छ।

गतसाता भएको विधानसभा चुनावमा आम आदमी पार्टीले दिल्लीमा अत्यधिक बहुमत ल्याएको थियो। सपथ ग्रहण कार्यक्रममा उपस्थिति हुन उनले सबैलाई आग्रह गरेका छन्। उनले भनेका छन्, ‘जनताको छोरा हुँ, आशिर्वाद दिनुस्।’

सपथ कार्यक्रमका लागि दिल्लीमा आज सुरक्षा व्यवस्था कडा पारिएको छ। बिहान ८ बजेदेखि २ बजेसम्म त्यस क्षेत्रको ट्राफिक व्यवस्थासमेत प्रभावित हुनसक्ने प्रहरीले जनाएको छ। सपथ समारोहका लागि दिल्लीमा २ सय प्रहरी जवान तथा २५ कम्पनीका पारामिलिटरी फोर्स परिचालन गरिएको छ।

उक्त समारोहमा उपस्थितिका लागि प्रधनमन्त्री नरेन्द्र मोदीसहित भाजपा दिल्लीका सांसद्लाई निमन्त्रणा गरिएको छ। तर, मोदीको बनारसको कार्यक्रम तय भएकाले उनी उपस्थित नहुने जनाइएको छ।

केजरीवालले शिक्षक, प्राचार्य, श्रमिक, अधिवक्ता, इन्जियिनर, डाक्टर, खेलाडी, विद्यार्थी, बस ड्राइभर तथा कन्डक्टर, अटो ड्राइभर, मेट्रो पाइलट, किसान, सामाजिक कार्यकर्ता, सरसफाइ श्रमिकसहित ५० जना विशेष अतिथिलाई ‘दिल्लीका निर्माता’ का रूपमा मञ्चमा आसन ग्रहण गराइनेछ।

हालै सम्पन्न विधानसभा चुनावमा आमआदमी पार्टीले कूल ७० सिटमध्ये ६२ सिटमा जित हासिल गरेको थियो। भाजपाले ८ सिटमा चित्त बुझाउनुपर्दा कांग्रेसले भने खाता खोल्न सकेको थिएन।

Comments
Loading...
You might also like