विप्लव नेकपाका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी पक्राउ

  • 46
    Shares
0

धुलिखेल। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले धुलिखेल नगरपालिका–७ सरस्वती बजारबाट शुक्रबार बेलुका पक्राउ गरेको हो।

सरस्वती बजारमा शंकास्पद रुपमा फेला पारेको र सोधपुछको क्रममा होहल्ला गरी स्थानीयबासिन्दालाई असर पर्ने गरी अपशब्द प्रयोग गर्दै गस्तीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेपछि पक्राउ गरिएका तामाङ चन्द समूहका जिल्ला सेक्रेटरी भएको प्रहरीले जनाएको छ।

मेलम्ची नगरपालिका–९ का तामाङलाई अभद्र व्यवहारअन्तर्गत कारवाही हुने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविकुमार पौडेलले बताए। -रासस

Comments
Loading...
You might also like