लाेकसेवाकाे तयारी गर्दा के-के कुरामा ध्यान दिनुपर्छ ?

  • 61
    Shares
0

योग्य र दक्ष जनशक्तिलाई निष्पक्ष रुपमा छनोट गरि सरकारी सेवामा नियुक्तिको लागि सिफारिस गर्ने र सरकारलाई कर्मचारीको भर्ना पदोन्नती लगायत कर्मचारी प्रशासनका विविध पक्षमा कानुन एवं नीति निर्माणको क्रममा सुझाव दिनको लागि एक स्वतन्त्र सवैधानिक निकायको परिकल्पना गरिए अनुसार विसं २००८ साल असार १ गते (तदनुसार १५ जुन १९५१ ई.स) नेपालमा लोक सेवा आयोगको स्थापना भएको हो। स्थापना कालदेखि नै लोकसेवा आयोगले आम जनताको मन जित्न सफल भइ सबैको भरोसाको केन्द्र बनेको छ। निष्पक्षता र तटस्थताले नै स्थापना कालदेखि प्रति वर्ष युवाहरु सरकारी सेवामा प्रवेश गर्ने आकर्षक बढेको छ।

गत आ.व. २०७४।०७५ को मात्रै तथ्याङ्क अवलोकन गर्दा शाखा अधिकृत रा.प.तृतीय एकीकृत माग (प्रशासनर लेखा परीक्षणर सा.प्र.र लेखा र राजश्व) पद सख्या २९९ को लागि करिव २२ हजारले परीक्षार्थीले फर्म भरेको तथ्याङ्कले देखाएको छ। अत बढ्दो लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षाबाट सफलता प्राप्त गर्नको लागि निम्न लिखित पक्षहरुमा ध्यान पुर्याउन सकेको खण्डमा सफलता प्राप्त गर्न सकिन्छ।

पाठ्क्रम तथा विषयवस्तुको गहिरो अध्ययन

सर्वप्रथम लोकसेवा आयोगले लिने परीक्षामा आफू कुन पदको परीक्षामा सम्मिलित हुने हो र उक्त पदको विज्ञापन कुन महिनामा हुन्छ सो कुराको एकिन गर्नका लागि लोक सेवा आयोगले हरेक वर्ष आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गरेको हुन्छ सोको राम्रोसँग अध्ययन गर्नुपर्छ। आफूले परीक्षा दिने पाठ्यक्रमलाई राम्रोसँग अध्ययन गर्ने र मिल्दो शीर्षकलाई ग्रुप बनाई सम्बन्धित कुराहरुको गहिरोसँग अध्ययन गर्नुपर्छ।

विषयबस्तुमाथि थप प्रष्ट हुने कुराहरुको अध्ययन

संविधान तथा आफ्नो विषयसँग सम्बन्धित ऐन, नियम, नीति तथा निर्दे्शिका, दैनिक, साप्ताहिक, मासिक पत्रिकाहरुलाई निरन्तर अध्ययन गर्ने, आफ्नो शीर्षकसँग मिल्ने विषय विज्ञहरुको लेख रचना तथा अध्ययन अनुसन्धानबाट देखिएका तथ्य तथ्याङ्कहरु, प्रतिवेदनहरुले गरेका सिफारिसहरुको अध्ययन गर्ने, कटिङ गर्ने, फाइलिङ गर्ने वा बुँदा टिपोट गर्ने र आफूले बुझ्ने तरिकाबाट नोट बनाउने र मिल्ने शीर्षकसँग आन्तरिकीकरण गर्दै शीर्षकमाथिको अवधारणागत स्पस्टता कायम गर्ने।

सामग्री र सन्दर्भ मिलाउने

विषयबस्तुको अध्ययन सिद्धान्त तथा हाम्रो यथार्थता, व्यवहार र व्यक्तिगत जीवनमा सो कुरालाइ कसरी जोड्न सकिन्छ भन्नेतर्फ सधै ध्यान दिने। आफ्नो उत्तरलाई विद्यमान कानूनी प्रावधान, हाम्रो अहिलेको अवस्था तथा कमजोरी पत्ता लगाइ उत्तरलाइ पूरा गर्नेतर्फ ध्यान दिने र सबै विषयको उत्तर तयारी गर्दा ब्याख्या, सवल पक्ष, कमजोरी, अवसर र समस्या जस्ता पक्षलाई ध्यान दिनुपर्छ। सुनेर, पढेरभन्दा लेखाइलाई थप महत्व दिई क्रमश पढाइ तथा लेखाइसँग अघि बढाउनुपर्छ।

छलफल र अन्तरक्रियामा ध्यान दिने

आफ्नो लेखाइ र पढाइलाई निरन्तर सहपाठी, सहकर्मी तथा बौद्धिक वर्गसँग छलफल र अन्तक्रिया गर्ने। लेखाइलाई सकेसम्म तथ्य तथ्याङ्क, विभिन्न डायग्राम, चित्र तथा तालिका एवं सोलोगनको माध्यमबाट थप आकर्षक बनाउनुका साथै सम्बन्धित विषय विज्ञ तथा सहपाठीलाइ देखाउने र प्राप्त पृष्ठपोषणअनुसार निरन्तरअघि बढ्ने। विषयवस्तुसँग सम्बन्धित अन्तराष्ट्रिय असल अभ्यास नविनतम तथा सिर्जनात्मक कार्यलाई आफ्नो विषय वस्तुसँग तादम्यता मिलाई प्रस्तुत गर्न सकेमा लेखाइले थप महत्व राख्ने गर्दछ।

समय व्यवस्थापन र सरकारी सेवाप्रतिको अवसर

सर्वप्रथम जसले आमजनताको सेवक बनेर पवित्र भावना राखी राज्यले खटाएको जुनसुकै स्थानमा अहोरात्र खट्न सक्छु भन्ने लाग्छ। त्यस्ता व्याक्तिहरुले मात्र लोकसेवा तयारीतर्फ लाग्दा उत्तम हुन्छ। सेवा पास गर्न समयसारिणी बनाउनु पर्छ। सामान्यत मेरो विचारमा ३ वर्षसम्म म लोकसेवा पढ्छु र पास गर्छु भनेर समय व्यवस्थापन गर्नुपर्छ। अध्ययनको समयदेखि लोकसेवा आयोगले सिफारिस नगर्दाको अवस्थासम्म हरेक क्षण अति महत्वपूर्ण हुन्छ। लोकसेवा पास गर्नका लागि निरन्तर दैनिक रुपमा २ देखि ३ घन्टासम्म पढ्दा पास हुन सकिन्छ। जबर्जस्ती पढ्नुभन्दा निरन्तर छोटो समय रुचिपूर्ण रुपले पढ्दा उत्तम हुन्छ।

परीक्षाको समयमा प्रश्नहरुलाई राम्रोसँग बुझने र प्रश्नले मागेको कुरा मात्र समय सीमाभित्र रही प्रस्तुत गर्ने गर्नुपर्छ। लोकसेवा पास हुनका लागि सबै प्रश्नहरु उत्तिकै महत्वपूर्ण हुन्छ। तसर्थ सबैलाई उत्तिकै महत्व दिएर सबै प्रश्नहरु हल गर्नतर्फ लाग्नुपर्छ। विषयवस्तुलाई सकेसम्म प्राथमिकीकरण गर्ने, कुन विषयवस्तु कसरी अध्ययन गर्ने भन्ने कुराका लागि समय तालिका बनाउने, अध्ययनको क्रममा अलमल्याउने विषयवस्तुलाई हटाउने, आफूले तयारी गरिसकेपछि प्रत्येक दिन कति प्रगति भयो, आफैलाई मूल्याकंन गर्ने र निरन्तर अघि बढ्ने। सरकारी सेवामा प्रवेश गरेपछि जनताको सेवा गर्ने मौका एकातिर छ भने अर्कोतर्फ वृत्ति विकास तथा अन्य अवसरहरु धरै छन् भनि प्रोत्साहित भएर रुचिका साथ लाग्नुपर्छ।

तनाव व्यवस्थापन गर्ने

लोकसेवा पास हुनको लागि तनाव व्यवस्थापन अति महत्वपूर्ण मानिन्छ। खासगरी अध्यनको समय तथा परीक्षाको समयमा विभिन्न प्रकारको तनाव सिर्जना हुने गर्दछ। प्रश्नहरु सबै हल गर्न सकिन्छ र सकिदैन, पढ्दै नपढेको प्रश्न आएमा के गर्ने रु भन्ने प्रश्न एकातिर हुन्छ भने अर्कोतर्फ अहिले नै लोकसेवा पास गर्नुपर्ने दवाव स्वरुप तनाव सिर्जना हुन सक्छ।

त्यसका लागि सबै विषय बस्तुलाई गहन अध्ययन गर्नुका साथै पारिवारिक सहयोग जुटाइ लेखाई र पढाइ निरन्तर गर्नुपर्छ। आफूसँग प्रतिस्पर्धा गर्न लागेका सबै प्रतिस्पर्धीहरु म जस्तै एकै शिक्षापद्धति तथा संस्कारमा हुर्केका व्यक्तिहरु हुन भन्ने सोची सकारात्मक धारणाका साथ लाग्नुपर्छ। लोकसेवा आयोगले लिने परीक्षाको मितिभन्दा १/२ दिन बाँकीको समयमा पढ्नुभन्दा पनि आफूले पढेको स्मरण गर्ने र मैले सबै अध्ययन गरिसके म अरुभन्दा अब्बल छु भनि ढुक्क भएर परीक्षा हलमा बस्नुपर्छ। स्वच्छ र सन्तुलित खाना खानुको साथै पर्याप्त आराम मा सधै ध्यान दिनुपर्छ।

Comments
Loading...
You might also like