म्याच फिक्सिङको आरोप लागेका ६ फुटबलरले पाए सफाइ

  • 36
    Shares
0

काठमाडौं, २ असार। सर्वोच्च अदालतबाट म्याच फिक्सिङको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका राष्ट्रिय टिमका तत्कालिन कप्तान सागर थापासहित ६ जनाले सफाइ पाएका छन्। सर्वोच्च अदालतले मंगलबार म्याच फिक्सिङको आरोपमा मुद्धा खेपिरहेका थापासहित ६ जना फुटबरलाई सफाई दिएको हो। सर्वोच्चका न्यायाधीसद्धय आनन्द मोहन भट्टराई र बम कुमार श्रेष्ठको संयुक्त ईजलासले विशेष अदालतको निर्णयलाई सदर गरेको हो।

सर्वोच्चको फैसलासंगै सागरसहित सन्दीप राई, विकाससिंह क्षेत्री, रितेश थापा, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाले कानुनी रुपमा राजयबिरुद्धको अपराधको मुद्धामा अन्तिम सफाइ पाएका छन्।अदालतले सफाई दिए पनि एसियाली फुटबल महासंघ एएफसीको अनुशासन समितिले भने म्याच फिक्सिङमा संलग्न सबैलाई २०७२ मंसिरबाट आजीवन प्रतिबन्ध लगाई सकेको छ।

यसअघि विशेष अदालतले २०७५ जेठ २४ गते उक्त अभियोगमा निर्दोष रहेको ठहर गर्दै उनीहरुलाई सफाइ दिएको थियो। तर, सरकारी पक्षले उक्त फैसलाविरुद्ध २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो। विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले सागरसहित ६ जनालाई २०७२ असोज २७ गते पक्राउ गरेको थियो।

Comments
Loading...
You might also like